English

‘दश लाख बृक्षरोपण तथा संरक्षण अभियान’ को निरन्तरता



‘दश लाख बृक्षरोपण तथा संरक्षण अभियान’ अतर्गत शनिवार गोकर्णेश्वर नगरपालिका वडा नं ४ स्थित जगडोल सामुदायिक वनको निजामती पार्कमा बृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ ।

लुम्बिनी विश्व शान्ति मञ्चको आयोजना र लायन्स क्लब अफ जोरपाटी काठमाडौंको समन्वयमा आज जगडोलमा दुई सय वटा तेजपत्ता, अमला, कपुर, टांकी र रुद्राक्षको बिरुवा लगाउने काम सम्पन्न भएको हो ।

वार्मिङ हर्ट्स नेपाल, ग्रीन ह्यान्ड्स र एडुकनेक्टको सहयोगमा आजको बृक्षरोपण कार्यक्रम आयोजना भएको थियो जसको संयोजन स्थानीय संरक्षण अभियन्ता राजकुमार केसीले गरेका थिए ।

बृक्षरोपण कार्यक्रममा जगडोल सामुदायिक वनका अध्यक्ष सुदर्शन सिग्देल, लायन्स क्लब अफ जोरपाटी काठमाडौंका अध्यक्ष प्रकाश अधिकारी, सचिव गणेश कोइराला, कोषाध्यक्ष माधव उप्रेती, त्यसै गरी वार्मिङ हर्ट्स नेपालका तर्फबाट अनामिका अर्याल र सरोज भण्डारी, ग्रीन ह्यान्ड्सका तर्फबाट अर्पणा पोख्रेल लगायतले बिभिन्न प्रजातीका बिरुवाहरु रोपेका थिए ।

लुम्बिनी विश्व शान्ति मञ्चका अध्यक्ष बासु गौतमका अनुसार गत जुन ०५ (जेठ २२) विश्व बातावरण दिवस यता मात्र मञ्चको तत्वावधान र नेपाली सेनाको सहकार्यमा काठमाडौंको चन्द्रागिरी, काभ्रेपलाञ्चोकको पनौती, रुपन्देहीको बुटवल र तिलोत्तमामा गरी १४ सय बिरुवा रोपिएको छ । अध्यक्ष गौतमका अनुसार बृक्षरोपण गरिएका स्थानहरुमा स्थानिय रोटरी क्लब, लायन्स क्लब, मन्दिर व्यवस्थापन समिती, टोल समिती, बिभिन्न सामाजिक संघ–संस्थाहरुले संरक्षणको जिम्मा लिएका छन् । बृक्षरोपण सहजै गर्न सकिने भएता पनि जगेर्ना र संरक्षण १० लाख बृक्षारोपण अभियानका निम्ती ठुलो चुनौती भएको र आगामी दिनहरुमा संरक्षणमा केद्रित हुनेगरी दिर्घकालिन रणनीति योजनाका बिषयमा बिभिन्न सरोकारवालाहरुसित छलफल भैरहेको गौतमले बताए ।

१० लाख बृक्षरोपण तथा संरक्षण अभियान अन्तर्गत आगामी साउन २० देखी २५ गते सम्म लुम्बिनी प्रदेशको नेपालगन्ज, लुम्बिनी, भैरहवा, पाल्पा लगायत स्थानहरुमा १५सय बिरुवा रोप्ने कार्यक्रम रहेको र साउन २१ गते (अगस्ट ०६ तारिख) हिरोशिमा दिवसका अवसरमा बुद्ध जन्मस्थल लुम्बिनीमा हिरोशिमा नगरको अधिकारिक बृक्ष कपुर र भैरहवामा हिरोशिमा सिटीको अधिकारिक फुल कनेर (ओलियन्डर) को १०८ बिरुवा लगाउने कार्यक्रम रहेको लुम्बिनी विश्व शान्ति मञ्चका अध्यक्ष गौतमले जानकारी दिए ।

१० लाख बृक्षरोपण तथा संरक्षण अभियानमा नेपाली सेनासहित नेपाल टेलिकम, लक्ष्मी बैंक, लक्ष्मी केयर्स, ज्योति बिकास बैंक, माछापुछ्रे बैंक, हिमालयन बैंक, प्रभु बैंक, सेञ्चुरी कमर्सियल बैंक, बैंक अफ काठमाडौं, लगायतको सहयोग रहेको पनि गौतमले बताए ।

जलवायु परिवर्तन र पृथ्वीमा बढ्दो तापक्रमका कारण बिभिन्न प्राकृतिक प्रकोप र अप्रत्यासित विपद्को यति बेला बिभिन्न मुलुकहरुले झेलिरहेको यथार्थका बीच प्रकोप न्युनिकरणमा बृक्षरोपण र पर्यावरण सचेतना अभियानले महत्वपूर्ण भूमिका खेल्ने हुँदा लुम्बिनी विश्व शान्ति मञ्चले यो अभियान शुरु गरेको लुम्बिनी विश्व शान्ति मंचका महासचिब धिरेन्द्र पन्तले बताए ।

लुम्बिनी विश्व शान्ति मंचले स्थानीय तह, बैंक तथा वित्तीय संस्था र विमा कम्पनीहरूसंग हातेमालो गरी बित्तिय साक्षरताका कार्यक्रमहरू पनि गर्ने योजना रहेको जानकारी पन्तले दिए ।

यो पनि…
लुम्बिनी प्रदेशको प्राथमिकतामा गौरवका आयोजना
पनौतीमा वृक्षारोपण



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरीमै नेपालको राष्ट्रिय चरा डाँफे हेर्न पाइन्छ भन्ने थाहा पाउँदा कतिपयलाई अपत्यारिलो लाग्दो हो

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले