English

महिला फुटबल टिमलाई दुई मुख्य प्रशिक्षक



नेपाली राष्ट्रिय महिला फुटबल टोलीले दुइ मुख्य प्रशिक्षक पाएको छ । घरेलु फुटबलको सर्वोच्च संस्था अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा कुमार थापालाई नियुक्त गरेसँगै महिला फुटबल टोलीले दुई मुख्य प्रशिक्षक पाएको हो ।

कुमार थापा

यसअघि राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले चीनमा आयोजना हुने १९औं एसियन खेलकुदका लागि बालगोपाल महर्जनलाई जिम्मेवारी सुम्पिएको थियो ।

नयाँ मिति अनुसार सन् २०२३ को २३ सेप्टेम्बर देखि ८ अक्टोबरसम्म हाङझोउमा हुने प्रतियोगिताका लागि नेपाली महिला टिमले पहिलो चरणको प्रशिक्षण समाप्त भइसकेको छ र टिम अहिले विश्राममा छ ।

पहिलो पटक महिला टिम हेर्ने अवसर पाएका महर्जनले टिमलाई महिनौ यता प्रशिक्षण दिँदै आएका छन् । यता, एपीएफ फुटबल क्लब (पुरुष) का प्रशिक्षक थापाले यसअघिसमेत महिला टिम हेरेका थिए ।

चौथो संस्करणको साफ च्याम्पियनसिपमा समेत कुमारले नेपाली टिम हेरेका थिए । तर, सो प्रतियोगितामा नेपाल बंगलादेशसँग पराजित हुँदै पहिलो पटक सेमिफाइनलबाट बाहिरिएको थियो । एउटै टिममा दुई प्रशिक्षक भएसँगै खेलाडीसमेत अन्योलमा परेका छन् । यस्तै, दुई प्रशिक्षकको ‘अन्डर’मा खेल्न गाह्रो हुने जानकार बताउँछन् ।

‘हामीसँग निकै कम समय छ । निरन्तर हेरेकोबाट अर्को प्रशिक्षक फेरिँदा समस्या आउँछ । सुरुवाती (बालगोपाल) ले नै टिम हेरेको भए खेलाडीमा समस्या आउँदैन थियो होला । अब, नयाँ प्रशिक्षक आएपछि खेलाडीलाई समस्या भइहाल्छ नि’, महिला फुटबललाई नजिकबाट नियालिरहेका पूर्व खेलाडी भन्छन् ।

यद्यपि, उनी थापाले यसअघि नै महिला टिम हेरिसकेकाले समस्या धेरै नपर्ने बताउँछन् । ‘उहाँले (कुमार) ले यसअघि पनि महिला टिम हेर्नु भएको छ । त्यसैले समस्या नआउन पनि सक्छ । तर, त्यो उहाँमा भर पर्छ’, स्रोत भन्छ ।

यता, खेलाडीसमेत एउटा प्रशिक्षकसँग प्रशिक्षण गरिरहेको समय अर्को प्रशिक्षकसँग काम गर्न असहज हुने बताउँछन् । ‘पक्कै पनि हामीले बालगोपाल सर (महर्जन) सँग ४० दिनजति प्रशिक्षण गरिसक्यौं । अब, कुमार सर (थापा) सँग प्रशिक्षण गर्न त गाह्रो हुन्छ । दुबै प्रशिक्षकको रणनीति बुझ्न समय लाग्छ । जसको असर नजितामा पर्न जान्छ’, राष्ट्रिय महिला टोलीकी नियमित सदस्य एक खेलाडी भन्छिन् ।

छैटौं संस्करणको साफ पुनः नेपालमा हुने तय भइसकेको छ । भदौ १३ देखि २५ सम्म हुने प्रतियोगिताका लागि एन्फाले वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का (बच्चु)को संयोजकत्वमा १८ सदस्यीय आयोजक कमिटी गठन गरेको छ ।

यस्तै, महिला फुटबल टोलीको व्यवस्थापनको जिम्मेवारी बिन्द्रा देवानले पाएकी छिन् ।

यो पनि
रोनाल्डोको ह्याट्रिक, मिलानलाई अग्रता, युभेन्ट्स विजयी, बायर्न रोकियो
विवाद बढेपछि ‘बालोन डिओर’ अवार्डको नियम परिवर्तन



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा जारी २२औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड समारोहमा तेक्वान्दोका विज्ञ तुलसीकुमार गुरुङलाई एनएसजेएफ स्पेशल

Latest










Popular
Suggested