English

यो देशमा छ मृत्युको गुफा !



इजरायलमा पुरातत्वविदले मृत्युको गुफाबाट करिव ६ हजार वर्ष पुरानो एक कंकाल निकालेका छन् । मृत्युको गुफा भनिने यो इजरायलको रेगिस्तानमा मृत सागर नजिक रहेको छ । केही वर्ष पहिला यो गुफाबाट ४० वटा नरकंकाल निकालिएका थियो । त्यसैले, यसको नाम मृत्युको गुफा भएको हो ।

कंकाल (प्रतीकात्मक तस्वीर)

हाल भेटिएको यो कंकाल भने एक बालिकाको रहेको छ, जसको उमेर ६ देखि १२ वर्षको बीचमा छ ।

कंकाल (प्रतीकात्मक तस्वीर)

शोधकर्ताहरुले यो कंकाल गुफाभित्र सुख्खा वातावरणमा पाएका थिए । यो प्राकृतिक रुपमा ममिमा परिवर्तन भइसकेको थियो । कंकालको ढाँचाको सिटी स्क्यान गरेपछि यो उक्त उमेर समूहको रहेको पत्ता लागेको हो । ६ हजार वर्ष पुरानो भएपनि कपाल अझै आंशिक रुपमा देखिएको थियो । यहाँसम्म पुग्नको लागि विशेषज्ञले डोरीको सहयोग लिएका थिए ।

कंकाल (प्रतीकात्मक तस्वीर)

इजरायली इतिहासकार रोनित लूपूले जसले उक्त बालिका गाड्यो, त्यसले बालिकाको शरीरलाई कपडाले छोपिदिएको थियो । यो कंकाल नजिकै एक सूची पत्र पनि पाइएको छ । यसमा हिब्रु भाषाको प्राचीन अक्षरमा लेखिएको छ । त्यो क्षेत्रमा हालै २ हजार वर्ष पुरानो सूची पत्र फेला परेको थियो ।

मौत की गुफा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested