English

सुशिला र प्रकाशको ‘भुइँ छोडेकी चरी’मा सुनिल र एलिशाको ठुम्का



गायिका सुशिला गौतम र गायक प्रकाश पराजुलीको स्वरमा सजिएको भुइँ छोडेकी चरी बोलको तीज गीत सार्वजनिक भएको छ । आइतबार सुशिला गौतम युट्युब च्यानलमार्फत उक्त गीत बजारमा आएको हो ।

गायक पराजुलीकै शब्द तथा संगीत रहेको गीतमा विश्वास नेपालले संगीत संयोजन गरेका छन् । वन डीबी एचडी रेकर्डिङ गरिएको गीतलाई एचबीएन किस्मतले मास्टरिङको काम गरेका छन् ।

गीतको भिडियोमा मोडल सुनिल क्षेत्री र एलिशा शर्मालाई फिचरिङ गरिएको छ । भिडियोलाई क्षेत्रीले नै निर्देशन गरेका हुन् । दर्गा पौडेलले छायाँकन गरेको भिडियोमा अमित चापागाईँको सम्पादन रहेको छ ।

गायिका गौतमले गत वर्ष तीजमा लेउ लायो बोलको गीत बजारमा ल्याएकी थिइन् । उक्त गीतले युट्युबमा राम्रै प्रतिक्रिया पाइरहेको छ । यो सँगै जवानीले ढुनुमुनु बनायो, माइतीको माया, पाहुना, रातो भाले लगायतका हिट गीत उनकै नाममा छन् ।

भिडियाे:



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । महाकाव्यका गम्भीर भाव, राष्ट्रिय चेतना, मातृभूमिप्रतिको समर्पण र मानवीय संवेदनालाई संगीतको मधुर लयमा बाँध्दै श्रोतामाझ पुर्‍याउने उद्देश्यले तयार

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

Latest










Popular
Suggested