English

ध्यान केन्द्रमा बुद्धका आँखा

लुम्बिनीमा दक्षिण एसियाकै नमूना ध्यानकेन्द्र


लुम्बिनीमा निर्माण भएको ध्यानकेन्द्रमा बुद्धको आँखाको झल्को आउने गरी आँखाको चित्र निर्माण गरिएको छ । ध्यानकेन्द्रको छानामा बुद्धको आँखाको चित्र कोरिएको लुम्बिनी विकास कोषले जनाएको हो । हेलिकप्टर र प्लाराग्लाइडिङमार्फत लुम्बिनी अवलोकन गर्न चाहने पर्यटकले उक्त आँखा अवलोकन गर्नसक्ने छन् । झन्डै रु ७२ करोडको लागतमा निर्माण हुँदै गरेको यो ध्यानकेन्द्रमा दुई हजार ५०० स्क्वायर फुटको ठूलो बुद्धको शान्तिको प्रतिक आँखा निर्माण गरिएको कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए ।

दक्षिण एसियाकै नमूना ध्यानकेन्द्रको रुपमा रहेको यो ध्यानकेन्द्रमा निर्माण गरिएको आँखा संसारकै ठूलो भएको बौद्ध धर्मालम्बीले जिकिर गरेका छन् । पाँच हजार जनाको क्षमता रहेको सो ध्यानकेन्द्रको छानामा बुद्धका आँखा निर्माणसँगै पर्यटकको आर्कषण बढने पर्यटन व्यवसायीको अपेक्षा रहेको छ ।

बुद्धकालीन कला, संस्कृति र बुद्ध झल्किने आकृतिको वास्तुकलामा निर्माण गरिएको बुद्धका आँखाले शान्तिको प्रतिकको सङ्केत गर्छ ।

सरोजराज भट्टराई
योजना प्रमुख, लुम्बिनी विकास कोष

आधुनिक र प्रविधिमैत्री यो ध्यानकेन्द्र लुम्बिनी प्रदेशको आकर्षणको केन्द्र भएको लुम्बिनी विकास कोषका योजना प्रमुख सरोजराज भट्टराईले बताए । बुद्धकालीन कला, संस्कृति र बुद्ध झल्किने आकृतिको वास्तुकलामा निर्माण गरिएको बुद्धका आँखाले शान्तिको प्रतिकको सङ्केत गर्ने उनको भनाइ थियो । ध्यानकेन्द्रको आर्कषणको रुपमा रहेको बुद्धका आँखाले बुद्ध दर्शनको विकासमा समेत सहयोग पुग्ने वास्तुकला विदहरुले बताए ।

ध्यानकेन्द्रको क्षेत्रफल ३८६ दशमलव ८८ वर्गमिटर रहेको छ । अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यानका लागि यो कक्ष निर्माण भएपछि उपयोगी हुने कोषले जनाएको छ । साना र ठूला गरी ५५ वटा ढोका हुने ध्यानकेन्द्रमा बाहिरी भागमा हेलिप्याडसमेत निर्माण गरिएको छ । ध्यानकेन्द्रको निर्माणसँगै यसको वरिपरिको सौन्दर्य, अतिथि भवन, पार्किङ, शौचालय, पानीको फोहरा, मूलद्वार निर्माण गरिएका छन् ।

सडकदेखि प्रवेशद्वार र वृक्षरोपणका कामलाई निरन्तरता दिएको कोषले अवको केही वर्षमा बास्तुकलाविद् केञ्जो टाङगेले तयार गरेको गुरुयोजना पूरा गर्ने चरणमा रहेको छ । बुद्धको जन्मस्थल लुम्बिनी, राजदरबार तिलौराकोट, मावली, देवदह र अस्तुधातु भएको रामग्रामको विकासमा पनि उक्त कोषले थप सोच्नुपर्नेमा सरोकारवालाहरुले जोड दिए ।

यो पनि…
लुम्बिनीसँग जोड्नै पर्ने यी ७ बौद्ध गन्तव्य
पर्यटन प्रवर्द्धन गर्न लुम्बिनीका होटलमा विभिन्न अफर



सम्बन्धित खबरहरु

वी विल राइज फाउण्डेसन (We Will Rise Foundation–WWRF) ले विनोद गुरुङ र राज गुरुङलाई नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त गरेको

पृथ्वी जयन्तिको अवसर पारेर अष्ट्रेलियाका नेपालीहरूले पृथ्वी जयन्ती एवम् ‘अन्तर्राष्ट्रिय नेपाली दिवस’ मनाएका छन्। अष्ट्रेलियाका सिड्नी, क्यानबेरा, एडिलेड, ब्रिजबेन लगायत

पुस २७ गते । केके मानन्धर । भक्तपुरको मध्यपुर थिमि बचत तथा ऋण सहकारी संस्थामा डा. उज्ज्वल जोशी नेतृत्वको ७

काठमाडौ । गायिका सुस्मिता स्याङतान र गायक सुवास दोर्जे थिङको आवाजमा सजिएको ‘चु ल्हुई’ सार्वजनिक भएको छ । म्युजिक भिडियोमा

Latest










Popular
Suggested