English

प्रेमका लागि कसले के गरे ?



प्रेम एक यस्तो सुन्दर अनुभव हो, जसमा कोही व्यक्ति जुनसुकै हदसम्म डुब्न सक्छ । भनिन्छ, प्रेमको कुनै परिभाषा हुँदैन, यसलाई मात्र महशुस गर्न सकिन्छ । प्रेमका लागि बलिउडका कलाकारहरुले हरेक पर्खाल र सीमा पार गर्छन् । कैयौं पटक त उनीहरुले प्रेमका लागि केही कुराको त्याग पनि गरेका छन् ।

अभिनेत्री करीना कपुर एक समय अभिनेता शाहिद कपुरसँग डेटमा थिइन् । उनी शाहिदकै प्रेमका लागि आध्यात्मिक नै बनिन् । यही बेला उनले मांसाहार खानेकुरा पनि छोडिन् ।

अभिनेता आमिर खान पूर्वपत्नी रीनाको प्रेममा रहँदा यस्तै काम गरे । उनले रीनाका लागि रगतले प्रेमपत्र लेखेका थिए । तर, रीनालाई भने यो पत्रले विपरित असर पर्यो । अर्थात् आमिरप्रतिको सोचमा केही परिवर्तन आयो ।

फिल्म ‘तुम हसीन मे जवान’को सुटिङका समयमा धर्मेन्द्र र हेमा मालिनीको प्रेम भएको थियो । धर्मेन्द्रको पहिलो विवाह प्रकाश कौरसँग भएको थियो । हिन्दु विवाद अधिनियमका अनुसार बिना डिभोर्स धर्मेन्द्र दोस्रो विवाह गर्न सक्दैनथे । यहीकारण उनले आफ्नो विवाहलाई वैधानिकता दिनका लागि उनले इस्लाम धर्म अपनाए ।

एक समय दीपिका पादुकोण र रणवीर कपुरसँग प्रेम खुबै चल्यो । कैयौं सेलिब्रेटीले आफ्नो प्रेम लुकाइरहँदा दीपिकाले रणवीरको नाममा घाँटीमा ट्याटु नै खोपिन् ।

अभिनेता सैफ अली खान र करीना कपुर निकै लामो समयसम्म डेटमा थिए । अनिमात्र उनीहरुले विवाह गरे । सैफले करीनाको नाममा आफ्नो हातमा ट्याटु नै खोपेका थिए ।

यो पनि…
‘पुष्पा २’लाई ठूलो स्केलमा बनाइँदै
गोविन्दालाई एकसाथ ७५ फिल्मको अफर !



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । महाकाव्यका गम्भीर भाव, राष्ट्रिय चेतना, मातृभूमिप्रतिको समर्पण र मानवीय संवेदनालाई संगीतको मधुर लयमा बाँध्दै श्रोतामाझ पुर्‍याउने उद्देश्यले तयार

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

Latest










Popular
Suggested