English

पर्यटक तान्दै सिन्धुपाल्चोकको भूत छाँगा



सुन्दै ज्यान नै झसङ्ग हुने नाम हो भूत । भूत भन्ने बित्तिकै मान्छेको मन तर्सिन्छ । सिन्धुपाल्चोकमा एउटा यस्तो छाँगा छ, जसको नाम भूत छाँगा राखिएको छ । नामले उक्त छाँगामा जाने आट धेरैले नगर्लान् । तर, नाम अनुसारको ठाउँ भने देखिँदैन ।

सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारासागाँचोकगढी नगरपालिका वडा नम्बर ७ मगुवामा अवस्थित छ भूत छाँगा । ओझेलमा पर्दै गएको भूत छाँगाले पछिल्लो समय ह्वात्तै पर्यटक तान्न थालेको छ ।

सदरमुकाम चौताराबाट करिब सात किलोमिटरको दूरीमा रहेको यो छाँगामा जानेहरूको अहिले लर्को लाग्ने गरेको छ । वरिपरि हरिया पहाडी जंगलले घेरिएको कोप्चो गहिरो ठाउँ, झण्डै ८० फिटमाथिबाट खसेको पानीको फोहोरा, सानो बगरले जो कसैलाई पनि आनन्दित तुल्याउँछ ।

फेसबुकमा फोटो देख्दा घुम्न मन लागेको थियो । शनिबारको फुर्सदको मौका पारेर टोलिनै आयौँ । छाँगामै पुगेर नुहाउँदा निकै रमाइलो लाग्यो ।

गर्मी समय भएकाले छाँगामा रमाउन टाढाटाढाबाट मानिस पुग्न थालेका छन् । र, उनीहरूले सामाजिक सञ्जालको माध्यमबाट छाँगाको प्रचार गर्न थालेसँगै आन्तरिक पर्यटकको आकर्षण बढेको हो । अधिकांशले टिकटक र फेसबुकको माध्यमबाट थाहा पाएपछि रमाइलो गर्न यस छाँगामा पुगेको बताएका छन् ।

हाइकिङका लागि पर्यटकको रोजाई

हाइकिङका लागिसमेत सिन्धुपाल्चोकको यो क्षेत्र उपयुक्त छ । असार १९ गते शनिबार द वाकर्सको टोली काठमाडौंबाट चौतारा सदरमुकाम आइपुग्यो । सदरमुकाम चौतारा बजारबाट आकर्षक हजार सिँढी उक्लँदै आरामदायी यात्रासँग पुग्न सकिने ६७ फिट अग्लो बुद्धपार्क हुँदै गौरातीमन्दिर भ्रमण गरी टोली चौतारा तिरै फर्कियो । चौतारा हुँदै त्यहाँबाट उनीहरू झण्डै सात किलोमिटरको यात्रापछि भूत छाँगा झरना पुगे ।

१५ जनाको टोलीसहित झरनामा पुगेका काठमाडौं महानगरपालिकाका विनोद कार्कीले यहाँ घुम्न आउँदा रमाइलो लागेको बताए । उनी भन्छन्, ‘फेसबुकमा फोटो देख्दा घुम्न मन लागेको थियो । शनिबारको फुर्सदको मौका पारेर टोलिनै आयौँ । छाँगामै पुगेर नुहाउँदा निकै रमाइलो लाग्यो ।’

पहिला पनि चौतारा आएका थियौं । तर, यहाँ यस्ता रमणीय ठाउँ छन् जस्तो लागेको थिएन । अहिले त बुद्ध पार्क देखियो । गौरती भीमसेन मन्दिरसँगै भूत छाँगा पुगियो । धेरै रमाइलो लागेको छ ।

काठमाडौंकै राजेश शर्माले पनि झरना घुम्ने अवसर मिलेकोमा खुसी लागेको बताए । ‘पहिला पनि चौतारा आएका थियौं । तर, यहाँ यस्ता रमणीय ठाउँ छन् जस्तो लागेको थिएन । अहिले त बुद्ध पार्क देखियो । गौरती भीमसेन मन्दिरसँगै भूत छाँगा पुगियो । धेरै रमाइलो लागेको छ,’ उनले भने ।

पछिल्लो समय विभिन्न ठाउँबाट समेत पर्यटक घुम्न आउन थालेका छन् । धेरै त टिकटक बनाउन र फोटो खिच्नका लागि मात्र झरना पुग्छन् । अहिले यो झरना बालकदेखि युवायुवतीको प्रमुख रोजाइ नै बनेको छ । एकाएक आन्तरिक तथा बाह्य पर्यटकको संख्या वृद्धि भएपछि चौतारा सागाँचोकगढी नगरपालिकाले छाँगालाई व्यवस्थित बनाउन थालेको भूत छाँगा व्यवस्थापन समिति अध्यक्ष नीराजन थापा मगरले बताए ।

हामी यहाँ घुम्न आउने पर्यटकलाई मध्यनजर गरेर सडक, बाटोघाटो, अन्य पूर्वाधारको विस्तार गर्दै व्यवस्थित बनाउन योजनामा अघि बढेका थियौं ।

चौतारा सागाँचोकगढी नगरपालिका वडा नम्बर ७ का पूर्व वडा अध्यक्ष उमा प्रसाद दुलालले भूत छाँगामा पर्यटकको चहलपहल बढ्न थालेपछि पूर्वाधार विस्तारको काम पनि थालिएको बताए । ‘हामी यहाँ घुम्न आउने पर्यटकलाई मध्यनजर गरेर सडक, बाटोघाटो, अन्य पूर्वाधारको विस्तार गर्दै व्यवस्थित बनाउन योजनामा अघि बढेका थियौं,’ उनले भने ।

खाना खाजा खाने स्थल, पिकनिक थलो बनाएर थप व्यवस्थित गर्न सकियो भने आन्तरिक र बाह्य पर्यटकको गन्तव्य नै बन्न सक्ने द वाकर्स गुरुपका सन्दीप शाक्यले बताए ।

चौतारा अहिले भर्जिन पर्यटकीय गन्तव्यको रूपमा विकास हुन थालेको छ । सुकुटे आइपुगेका आन्तरिक तथा बाह्य पर्यटकलाई एक दिन एक रात राख्ने योजना नगरपालिकाको छ । साँगाचोकको गढी, इर्खुको रानीपोखरी, भूत छाँगा, कदमबासको प्याराग्लाइडिङ गराई बुद्ध पार्क, गौराती मन्दिर हुँदै हर्लङबर्लङ मन्दिर दर्शन गराई त्यहाँको चमेरो गुफा देखाउने र ओख्रेनिको चिया बगान हुँदै होम स्टेको आनन्द दिने नीति नगरपालिकाले ल्याएको नगर प्रमुख कृष्ण प्रसाद सापकोटाले बताए ।

यो पनि…
प्रचुर सम्भावना बोकेको गुमनाम ‘इन्द्रेणी झरना’
प्रचार-प्रसारको अभावले ओझेलमा बराह ताल



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

हङकङमा गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङ युथ फोरमको आयोजनामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । “रक्तदान गरौं, जीवन बचाऔं”

हङकङकी प्रथम महिला सगरमाथा आरोही साङ यिङ हङ (एदा) ले मनास्लु हिमालमा महिलातर्फको स्पिड रेकर्ड कायम गरेकी छन्। ५० वर्षीया

विभिन्न समुदायको जन्मदेखि मृत्य संस्कारमा प्रयोग हुने माटाको भाडाका लागि प्रसिद्ध छ– भक्तपुरस्थित पोटरी स्क्वायर । जब दसैं, तिहार, छठजस्ता

Latest










Popular
Suggested