English

यसरी खुशी बनाउ वैवाहिक जिवन



वैवाहिक जीवनको आधार भनेको माया, समय र विश्वासमा टिकेको हुन्छ । वैवाहिक जीवनमा सधै खुशी मात्र मिल्छ भन्ने हुँदैन । यसलाई सुखि तथा खुशी बनाउन दम्पतीले निरन्तर प्रयास गर्नै पर्ने हुन्छ । दाम्पत्य जीवनलाई स–सानो बानी ब्यवहारले पनि ठुलो प्रभाव पार्छ ।

यदी तपाईको बानी राम्रो छ भने तपाई जिवनसाथिको नजिक हुनुका साथै दाम्पत्य सम्बन्ध बलियो बन्छ । तपाई पनि आफ्नो दाम्पत्य जीवनलाई सुखि बनाउन चाहनुहुन्छ भने यि उपायहरु गर्नुहोस् ।

संवादमा रहौं

तपाईको विवाह भएको लामो समय भईसक्यो भने एक आपसमा हुने संवादले निकै ठुलो भुमिका खेल्छ । आफ्नो बारेमा प्रायः सबै कुराहरु एक अर्कालाई बताउनु पर्छ । घरमा आज के भयो, अफिसमा के भयो जस्ता कुराहरु एक आपसमा बताउदा एकअर्का प्रति माया र लगाव बढ्छ ।

यदि दुई जनाको बिचमा राम्रो संवाद भयो भने तनाव पनि कम हुन्छ । एक अर्का प्रति भरोसा पनि बढ्छ र दुवैको सम्बन्ध राम्रो हुन्छ ।

आत्मियता बढाउनुहोस्

आफ्नो पार्टनरसँग शारीरिक तथा मानसिक रुपमा आत्मियता बढाउनुहोस् । तपाईको पार्टनरलाई यति भरोसा होस् की आफुलाई तपाईसँग सुरक्षित महसुस गरुन् र आफ्नो मनका कुरा तपाईसँग खुलेर गर्न सकोस् ।

तपाइहरुले एक अर्काको शारीरिक आवश्यकता पनि राम्रोसँग बुझ्ने कोशिस गर्नु पर्छ । यसले तपाईहरु बिचको सम्बन्ध अझ बलियो हुन्छ । जब तपाईहरुको शारीरिक सम्बन्ध राम्रो हुन्छ तब तपाईहरु आफ्नो चाहना पनि खुलेर बताउन सक्नुहुन्छ । त्यसले तपाईहरु बिचको आत्मिय सम्बन्ध राम्रो हुन्छ र शारीरिक सन्तुष्टि प्राप्त हुन्छ ।

राम्ररी कुरा सुनिदिनुहोस्

तपाई आफ्नो कुरा ढुक्कले आफ्नो पार्टनरलाई बताउनु होस् । तपाईको पार्टनरले पनि त्यति नै ध्यान दिएर तपाईको कुरा सुन्नु पर्छ । यदि तपाई त्यसो गर्नु हुन्न भने केही समय पछि तपाईहरु बिच हुने संवाद एकतर्फि हुन्छ । त्यसले तपाईहरु बिच दुरी पैदा हुन सक्छ । आफ्नो पार्टनरको कुरा ध्यानपूर्वक सुनेर तपाई उसको आवश्यकताहरु राम्रोसँग बुझ्न सक्नु हुन्छ । पार्टनरको कुरा सुनेर त्यो कुराको कार्यन्वयन पनि गर्नुहोस् । यसले तपाईहरु बिच आत्मियता बढाँउछ र सम्बन्ध राम्रो हुन्छ ।

एकअर्का प्रति कृतज्ञ हुनुहोस्

कुनै पनि सम्बन्धमा सम्मान तथा प्रशंसा मिल्दैन भने त्यो सम्बन्ध प्रति विश्वास कम भएर जान्छ । वैवाहिक सम्बन्धमा पनि यो कुरा लागू हुन्छ । आफ्नो पार्टनरलाई कृतज्ञता व्यक्त गर्नु एकदमै जरुरी हुन्छ । जो व्यक्तिलाई पनि आफुले गरेको राम्रो कामको तारिफ सुन्न मन पर्छ । यदि तपाई नियमित आफ्नो पार्टनरको तारीफ गर्नु हुन्छ भने तपाईको सम्बन्ध बलियो हुन्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

प्लाष्टिकको प्रयोग घटाउन कपडाको झोला बनाउने तालिम बढ्दो प्लाष्टिकको प्रयोग न्यूनीकरण गर्ने उद्धेश्यले बाँकेको कोहलपुर नगरपालिकामा महिलाहरुका लागि कपडाको झोला

मार्च ४, २०२५ मा विश्व बजारमा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिज अन्तर्गतको नथिङ फोन थ्रि ए नेपाली बजारमा

काठमाडौं । नेपालमा बहुप्रतिक्षित टाटाको पन्च इभी एकैपटक चार शहरमा चितवन, पोखरा, बुटवल र भैरहवामा लन्च भएको छ । धेरैको

नेवार समुदायले मनाउने यःमरि पुन्हि अर्थात योमरी पूर्णिमा र ज्यापु दिवस आज मुलुकभर उल्लासका साथ मनाईदैछ । हरेक वर्ष धान्य