English

‘जीवनको पाना’को फिमेल भर्सनमा बेनिशाको आवाज



‘जीवनको पाना पुरानो अब भएर गएछ’ यो गीति अंश ‘जीवनको पाना’को हो । उक्त गीतको फिमेल भर्सनको भिडियो हिजो(शनिबार) सार्वजनिक गरिएको छ ।

गायिका बेनिशा पौडेलको स्वर रहेको गीतमा बमकुमार श्रेष्ठको शब्द तथा सन्तोष श्रेष्ठको संगीत रहेको । यस गीतकोे मेल भर्सन अर्थात पुरुष आवाजमा कलाकार मदनकृष्ण श्रेष्ठको स्वर थियो ।

एकोस्टिक नेपालमा रेकर्डिङ गरिएको गीतलाई देवेन्द्र नेवाले एरेन्ज गरेका छन् भने प्रकाश मिश्रले मिक्सिङ तथा मास्टरिङको काम गरेका छन् ।

देवेन्द्र पाण्डेले निर्देशन गरेको भिडियोमा गायिका पौडेलसँगै राजेन्द्रप्रसाद वाग्लेलाई फिचरिङ गरिएको छ । साथै, बालकलाकारको रुपमा बिभूती शर्माले अभिनय गरेकी छन् । भिडियोमा वाग्ले बाबूको भूमिकामा देखिएका छन् । यसअघि पनि उनले ‘यो दुनियाँ’, ‘वर्षौंको हाम्रो साथ’ लगायतका म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् ।

गोल्डेन क्रिएसन युट्युब च्यालनमार्फत सार्वजनिक भिडियोलाई उत्सव दाहालले छायाँकन गरेका हुन् ।

जीवनको पानाको मेल भर्सनको भिडियोमा भने अभिनेता सरोज खनाल, मदनकृष्ण श्रेष्ठ, लक्षण अधिकारी, राजेन्द्र कट्टेल लगायतको अभिनय छ । केन्द्र मोसन पिक्चर्स युट्युब च्यानलमा रहेको मेल भर्सनको जीवनको पानाले झण्डै २ लाख ६० हजार भ्यूज पाएको छ ।

भिडियाे :



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

जेभियर एकेडेमी स्टुडेन्ट काउन्सिलद्वारा आयोजित ‘ब्याटल अफ द ब्यान्ड्स’ मा अघोर ब्यान्ड बिजेता बनेको छ । निर्णायक र दर्शक दुवैलाई

काठमाडौं । पत्रकार/गीतकार गीता अधिकारीले आफ्नो जन्मदिनमा गीति एल्बम ‘भावस्पनदन’ श्रोता/दर्शकमाझ ल्याउनुभएको छ । मिलापको आयोजनामा बिहीबार काठमाडौंमा एक विशेष

पोखरा, कार्तिक १५ गते । गीतकार प्रतिष्ठान, नेपालको अध्यक्षमा अनुराग अधिकारी सर्वसम्मत चयन भएका छन्।शनिवार पोखरामा सम्पन्न प्रतिष्ठानको पाँचौँ साधारण

चाडपर्वको अवसरमा नेपालमा मासुको अत्याधिक सेवन बढ्ने देखेर पोषणविद देखि चिकित्सकहरुले खानपिनमा विशेष ध्यान नपुर्‍याए स्वास्थ्यसम्बन्धी जटिलता देखापर्न सक्नेमा सचेत