English

‘जीवनको पाना’को फिमेल भर्सनमा बेनिशाको आवाज



‘जीवनको पाना पुरानो अब भएर गएछ’ यो गीति अंश ‘जीवनको पाना’को हो । उक्त गीतको फिमेल भर्सनको भिडियो हिजो(शनिबार) सार्वजनिक गरिएको छ ।

गायिका बेनिशा पौडेलको स्वर रहेको गीतमा बमकुमार श्रेष्ठको शब्द तथा सन्तोष श्रेष्ठको संगीत रहेको । यस गीतकोे मेल भर्सन अर्थात पुरुष आवाजमा कलाकार मदनकृष्ण श्रेष्ठको स्वर थियो ।

एकोस्टिक नेपालमा रेकर्डिङ गरिएको गीतलाई देवेन्द्र नेवाले एरेन्ज गरेका छन् भने प्रकाश मिश्रले मिक्सिङ तथा मास्टरिङको काम गरेका छन् ।

देवेन्द्र पाण्डेले निर्देशन गरेको भिडियोमा गायिका पौडेलसँगै राजेन्द्रप्रसाद वाग्लेलाई फिचरिङ गरिएको छ । साथै, बालकलाकारको रुपमा बिभूती शर्माले अभिनय गरेकी छन् । भिडियोमा वाग्ले बाबूको भूमिकामा देखिएका छन् । यसअघि पनि उनले ‘यो दुनियाँ’, ‘वर्षौंको हाम्रो साथ’ लगायतका म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् ।

गोल्डेन क्रिएसन युट्युब च्यालनमार्फत सार्वजनिक भिडियोलाई उत्सव दाहालले छायाँकन गरेका हुन् ।

जीवनको पानाको मेल भर्सनको भिडियोमा भने अभिनेता सरोज खनाल, मदनकृष्ण श्रेष्ठ, लक्षण अधिकारी, राजेन्द्र कट्टेल लगायतको अभिनय छ । केन्द्र मोसन पिक्चर्स युट्युब च्यानलमा रहेको मेल भर्सनको जीवनको पानाले झण्डै २ लाख ६० हजार भ्यूज पाएको छ ।

भिडियाे :



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

अहिले होली पर्वलाई भाङ खाने, मदिरापान गर्ने, होहल्ला गर्ने गरेर मनाउन थालिएको छ । यसले यो पर्वको महत्वलाई भुलाउदै नराम्रो

सहरका स्थानीय रैथाने चिनियाँ नयाँ वर्षको उमंगमा उर्लिरहेका बेला गत आइतबार हङकङेली नेपालीहरूको लामै लर्को भने युङ लङ थिएटरतर्फ सोझिएको

नेवार समुदायले मनाउने यःमरि पुन्हि अर्थात योमरी पूर्णिमा र ज्यापु दिवस आज मुलुकभर उल्लासका साथ मनाईदैछ । हरेक वर्ष धान्य