बन्ने भयो चलचित्र ‘प्रसाद’को सिक्वेल ‘प्रसाद २’



तीन वर्ष अघि प्रशारण आएको नेपाली चलचित्र ‘प्रसाद’ को सिक्वेल ‘प्रसाद २’ बन्ने भएको छ । बिहिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत यसबारे जानकारी गराइएको हो ।

सामाजिक, पारिवारिक र प्रेमकथामा आधारित रहेको यो चलचित्रलाई निर्देशक सुदर्शन थापाले निर्देशन गर्दैछन् । उनले यो चलचित्र यसअघि प्रसारण भएको प्रसादको विशुद्ध सिक्वेल भएको बताए ।

‘यो फिल्म प्रसादको कथा जहाँबाट सकियो त्यहीँबाट सुरु हुन्छ,’ उनले भने, ‘यसपटक जातीय विभेद र छुवाछुतको कथावस्तुमात्र नभएर प्रसादका मूख्य पात्र बाबुराम र नारायणीको जीवनमा आउने सामाजिक र पारिवारिक द्वन्द्वलाई चलचित्रमा चित्रण गर्नेछौं ।’

चलचित्रमा बाबुरामको भूमिकामा अभिनेता विपिन कार्की र नारायणीको नम्रता श्रेष्ठ छन् । प्रसाद २ मा निश्चल बस्नेत भने छैनन् । उनको स्थानमा अर्पण थापा भित्रिएका छन् । सुशिल पौडेलको कथा रहेको चलचित्रलाई सुवास थापा र केशव पाण्डेले निर्माण गरेका हुन् । चलचित्रको छायाँकन छिट्टै सुरु गर्ने निर्माता टीमले जनाएको छ ।



Leave a Reply

Your email address will not be published.

सम्बन्धित खबरहरु

बलिउड अभिनेता आमिर खान हालका दिनमा फिल्म ‘लाल सिंह चढ्ढा’का कारण चर्चामा छन् । यो फिल्मका लागि उनी प्रमोसनमा व्यस्त

लोकराज भट्टको चर्चित उपन्यास ‘छाइल’ पोखरेली पाठकहरुले पनि रुचाएका छन्। डोट्याली सभ्यताको प्रतिविम्व बनेको उपन्यासले लयात्मक भाषामा सुदूरपश्चिमको चित्रण गरेको

अभिनेता अक्षय कुमार अभिनित फिल्म ‘रक्षा बन्धन’ यही अगष्ट ११ मा रिलिज हुँदैछ । फिल्मलाई सेन्सर बोर्डले ‘यू’ सर्टिफिकेट दिइसकेको

टर्किस लेखक मिनिके गिन्युसको बाल चित्रकथा ‘सपनाको व्यापारी’लाई कथालयले प्रकाशन गरेको छ । कथालाय इन्कका डाइरेक्टर राजीवधर जोशीले यसलाई नेपाली

Suggested