फिफा प्रतिबन्धबाट हट्यो पाकिस्तान



दक्षिण एसियाली मुलुक पाकिस्तान फुटबल फेडेरेसन (पीएफएफ) लाई विश्व फुटबलको सर्वोच्च निकाय फिफाले प्रतिबन्धबाट हटाएको छ ।

फिफाले बिहीबार एक विज्ञप्ति निकाल्दै पाकिस्तान फुटबल फेडेरसनमाथिको प्रतिबन्ध हटाइएको जानकारी गराएको हो ।

तेस्रो पक्षको अनावश्यक हस्तक्षेपसंगै फिफाले सन् २०२१ को अप्रिलमा पीएफएफलाई प्रतिबन्ध लगाएको थियो । फिफाले हिजोकै मितिबाट प्रतिबन्ध हटाएको जनाएको छ ।

फिफाले प्रतिबन्धपछि मलिक हारोनको नेतृत्वमा नर्मलाइजेसन कमिटी गठन गरेको छ । यस्तै, फिफाले नर्मलाइजेसन कमिटीलाई काममा बाधा र अवरोध गरिएमा फेरि प्रतिबन्ध गरिने जनाएको छ ।

यो पनि…
आइपिएल : पञ्जाबको जित, विराट कोहलीको कति रन ?
आइपिएल : कोलकाताको जितमा यी खेलाडीको उत्कृष्ट प्रदर्शन



Leave a Reply

Your email address will not be published.

सम्बन्धित खबरहरु

एसिया कप २०२२ का लागि भारतीय टोली तयारीमा जुटेको छ। यसका लागि चयनकर्ताले भारतीय टीमको घोषणा गरेका छन्। एसिया कप

भारतले पाँचौँ टी २० खेलमा आइतबार वेस्ट इन्डिजलाई ८८ रनले पराजित गरेको छ । पहिलो, तेस्रो र चौथो खेल जित्दै

गुरकिरत सिंहको चार गोलप्रेरित आयोजक भारतले यु २० साफ च्याम्पियनसिपको उपाधि जितेको छ । शुक्रबार राति भुवनेश्वरस्थित कालिंगा रंगशालामा भएको

यु–२० पुरुष साफ च्याम्पियनसिप फुटबल २०२२ को उपाधिका लागि घरेलु टोली भारत र बंगलादेशबीच आज (शुक्रबार) प्रतिस्पर्धा हुँदै छ ।

Suggested