English

अभिनयबाट ब्रेक लिँदै नागार्जुन



साउथ सुपरस्टार नागार्जुन अक्किनेनीले केही समयका लागि फिल्मबाट ब्रेक’ लिने भएका छन् । उनले बिग बोस तेलुगु सिजन ६ को सुटिङका लागि फिल्मबाट टाढिन लागेका हुन् ।

नागार्जुन अयान मुखर्जीको फिल्म ‘ब्रह्मास्त्र’मार्फत बलिउडमा कमव्याक गर्दैछन् । यो बीचमा उनी कुनै पनि नयाँ प्रोजेक्टमा देखिने छैनन् । उनले यो अवधिमा उनले कुनै पनि नयाँ फिल्मसँग सम्झौता पनि नगर्ने योजना बनाएका छन् ।

बिग बोस आगामी सेप्टेम्बर ४ बाट सुरु हुँदै छ । त्यसका लागि निर्माताले तयारी सुरु गरिसकेका छन् ।

नागार्जुन चौथोपटक बिग बोस तेलुगु होस्ट गर्दैछन् । उनी सन् २०१९ देखि यो शोमा देखिँदै आएका छन् । उनले बिग बोसको ओटीटी भर्सनको पहिलो सिजनको होस्ट गरेका थिए ।

यो पनि…
‘पुष्पा २’लाई ठूलो स्केलमा बनाइँदै
गोविन्दालाई एकसाथ ७५ फिल्मको अफर !



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

अहिले होली पर्वलाई भाङ खाने, मदिरापान गर्ने, होहल्ला गर्ने गरेर मनाउन थालिएको छ । यसले यो पर्वको महत्वलाई भुलाउदै नराम्रो

सहरका स्थानीय रैथाने चिनियाँ नयाँ वर्षको उमंगमा उर्लिरहेका बेला गत आइतबार हङकङेली नेपालीहरूको लामै लर्को भने युङ लङ थिएटरतर्फ सोझिएको

नेवार समुदायले मनाउने यःमरि पुन्हि अर्थात योमरी पूर्णिमा र ज्यापु दिवस आज मुलुकभर उल्लासका साथ मनाईदैछ । हरेक वर्ष धान्य

गुरुङ जातिको महान चाड तमु ल्होसारको छेकपारि ज्योति गुरुङको शब्दमा आयो तमु ल्होसार सार्वजनिक भएको छ । बेलायतमा बसोबास गर्दै