English

वैदेशिक रोजगारीमा जानेको संख्या उल्लेख्य बढ्यो



कोरोना महामारीको प्रभाव कम भएसँगै वैदेशिक रोजगारीमा जानेको संख्यामा उल्लेख्य वृद्धि भएको छ । वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै नेपाल भित्रने रेमिट्यान्स पनि बढ्न थालेको छ ।

वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्ष २०७८–७९ को पहिलो ११ महिनामा वैदेशिक रोजगारीमा जान कूल ५ लाख ६७ हजार ८३९ जनाले श्रम स्वीकृति लिएका छन् । यो संख्या नयाँ र पुनः श्रम स्वीकृति लिनेहरुको हो ।

२०७८ साउनदेखि २०७९ जेठ मसान्तसम्मको अवधिमा उक्त संख्याले श्रम स्वीकृति लिएका हुन् । विभागले उनीहरुलाई श्रम स्वीकृति प्रदान गरेको हो ।

गएको जेठ महिनामा मात्र ६२ हजार ३४९ जनाले वैदेशिक रोजगारीमा जानको लागि श्रम स्वीकृति लिएको विभागको तथ्याङ्कले देखाउँछ । जेठमा ८३ देशमा काम गर्न जानको लागि उनीहरुले श्रम स्वीकृति लिएका हुन् ।

विभागका अनुसार २०७८ साउनमा २५ हजार ४२८, भदौमा ३६ हजार ४०, असोजमा ३९ हजार ६७१, कात्तिकमा ५४ हजार ९१८, मंसिरमा ७४ हजार ३५४, पुसमा ६६ हजार ६२५, माघमा ५४ हजार ४७०, फागुनमा ५३ हजार ४५७, चैतमा ५५ हजार ५२३, २०७९ वैशाखमा ४५ हजार ४ र जेठमा ६२ हजार ३४९ जनाले श्रम स्वीकृति लिएका छन् ।

पछिल्लो एघार महिनामा वैदेशिक रोजगारीमा जान प्रत्येक महिना औषतमा ५१ हजार ६२१ जनाले विभागबाट श्रम स्वीकृति लिएका छन् । श्रम स्वीकृति लिनेको संख्या यही क्रममा बढे चालु आर्थिक वर्षभित्र ६ लाख १९ हजार ४६० जनाले श्रम स्वीकृति लिएको हुनेछन् ।

सन् २०१९ डिसेम्बर अन्तिम साता चिनको वुहानबाट सुरु भएको कोरोना महामारीका कारण वैदेशिक रोजगारीमा जानेको संख्या स्वाट्टै घटेको थियो । महामारी रोक्न तथा नियन्त्रण गर्न सबै राष्ट्रहरुले लकडाउन गरेपछि वैदेशिक रोजागारीमा जानेको संख्या घटेको थियो ।

कोरोना महामारी सुरु भएको आर्थिक वर्ष २०७६–७७ मा श्रम स्वीकृति लिनेको संख्या ३ लाख ६८ हजार ४३३ रहेको थियो । योभन्दा अघिल्लो आर्थिक वर्ष २०७५–७६ मा वैदेशिक रोजगारमा जान ४ लाख ७६ हजार ७०५ जनाले श्रम स्वीकृति लिएका थिए । आर्थिक वर्ष २०७७–७८ मा यो संख्या १ लाख ६६ हजार ६९८ मा झरेको थियो ।

गत वर्षबाट कोरोना खोप प्रयोगमा आएपछि राष्ट्रहरुले लकडाउनलाई खुकुलो बनाउँदै लगेका थिए, जसको कारण वैदेशिक रोजगारीमा जानेको संख्या बढेको हो । पछिल्ला महिनाहरुमा श्रम स्वीकृति लिनेहरुको तथ्याङकले वैदेशिक रोजगार यो वर्ष पुरानै लयमा फर्केको देखाएको छ ।

कोरोना महामारीका कारण वैदेशिक रोजगारीमा जानेको संख्या घटेपछि नेपाल भित्रने रेमिट्यान्स पनि घटेको थियो । रेमिट्यान्स घट्दा देशको अर्थतन्त्रमा समेत असर गरेको थियो । तर यसवर्ष वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै नेपाल भित्रने रेमिट्यान्स त्रमस बढ्न थालेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०७८–७९ को पहिलो दश महिना (२०७८ साउनदेखि २०७९ वैशाखसम्म) मा नेपाल भित्रने रेमिट्यान्स ०.२ प्रतिशतले वृद्धि भएको छ ।

सो अवधिमा ८ खर्ब ११ अर्ब ७९ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो आर्थिक वर्ष २०७७-७८ को सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको पहिलो ९ महिनामा नेपाल भित्रने रेमिट्यान्समा ०.६ प्रतिशतले कमी आएको थियो । गत चैतसम्म घटेको रेमिट्यान्स वैशाख लागेपछि बढ्न थालेको हो ।

यो पनि…
श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान सरकारको आग्रह
वैदेशिक रोजगारी छोडी स्वदेशमै भविष्य खोज्दै युवा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

Latest










Popular
Suggested