वैदेशिक रोजगारी : एक वर्षमा पाँच लाखभन्दा बढी श्रम स्वीकृति



पछिल्लो एक वर्षमा वैदेशिक रोजगारीमा जान पाँच लाखभन्दा बढीले श्रम स्वीकृति लिएका छन् ।

वैदेशिक रोजगार विभागका अनुसार २०७८ वैशाख १ गतेदेखि चैत ३० गतेसम्मको अवधिमा उनीहरूले श्रम स्वीकृति लिएका हुन् ।

विभागका अनुसार सो अवधिमा कुल ५ लाख ९ हजार ५ सय ९३ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् ।

कोरोना महामारीका कारण अघिल्लो वर्ष वैदेशिक रोजगारीमा जानेको संख्या उल्लेख्य रूपमा घटेको थियो, जसले नेपाल भित्रिने रेमिट्यान्समा समेत असर गरेको छ ।

२०७८ मा लिएका श्रम स्वीकृति

२०७८ मा प्रत्येक महिना औसतमा ४२ हजार ४ सय ६६ जनाभन्दा बढीले विभागबाट श्रम स्वीकृति लिएका छन् ।

विभागका अनुसार ०७८ शुरु भएपछि वैशाखमा २४ हजार ३ सय ६३, जेठमा ४ हजार ८६, असारमा २० हजार ६ सय ५८, साउनमा २५ हजार ४ सय २८, भदौमा ३६ हजार ४०, असोजमा ३९ हजार ६ सय ७१, कात्तिकमा ५४ हजार ९ सय १८, मंसिरमा ७४ हजार ३ सय ५४, पुसमा ६६ हजार ६ सय २५, माघमा ५४ हजार ४ सय ७०, फागुनमा ५३ हजार ४ सय ५७ र चैतमा ५५ हजार ५ सय २३ जनाले श्रम स्वीकृति लिएका छन् ।

सन् २०१९ डिसेम्बर अन्तिम साताबाट कोरोना महामारी विश्वमा फैलन थालेपछि वैदेशिक रोजगारीमा जानेको संख्या क्रमसः घट्दै गएको थियो ।

कोरोना महामारी शुरु भएको वर्ष ०७६/७७ मा श्रम स्वीकृति लिनेको संख्या ३ लाख ६८ हजार ४ सय ३३ रहेको थियो । योभन्दा अघिल्लो आर्थिक वर्ष ०७५/७६ मा वैदेशिक रोजगारीमा जान ४ लाख ७६ हजार ७ सय ५ जनाले श्रम स्वीकृति लिएका थिए । आर्थिक वर्ष ०७७/७८ मा यो संख्या १ लाख ६६ हजार ६ सय ९८ मा झरेको थियो ।

रेमिट्यान्स वृद्धिको अपेक्षा

कोरोना महामारीले थलिएको वैदेशिक रोजगारी यो वर्ष पुरानै लयमा फर्केको श्रम स्वीकृति लिनेको तथ्याङ्कले देखाउँछ ।

वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दा नेपाल भित्रिने रेमिट्यान्समा पनि वृद्धि हुने आशा गरिएको छ । कोरोनाका कारण वैदेशिक रोजगारीमा जानेको संख्या घट्दा पछिल्लो समय नेपाल भित्रने रेमिट्यान्स घट्दै गएको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष ०७८/७९ को पहिलो आठ महिना (साउनदेखि फागुनसम्म)मा विभिन्न देशबाट नेपालमा ६ खर्ब ३१ अर्ब १९ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

अघिल्लो वर्ष सोही अवधिको तुलनामा नेपाल भित्रिने रेमिट्यान्समा १.७ प्रतिशतले कमी आएको राष्ट्र बैंकले जनाएको छ ।

यो पनि…
श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान सरकारको आग्रह
वैदेशिक रोजगारी छोडी स्वदेशमै भविष्य खोज्दै युवा



...
Borunsurn

cialis viagra combo pack Add garlic and mushrooms

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

यदि तपाईँ छालाको हेरचाहमा प्राकृतिक उत्पादनहरू समावेश गर्न चाहनुहुन्छ भने, एलोभेरा उपयुक्त हुन्छ। एलोभेरामा धेरै यस्ता गुणहरू छन् जुन छालाको

दूध स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । दूधमा प्रोटिन र क्याल्सियम राम्रो मात्रामा पाइन्छ । यसबाहेक दूधमा भिटामिन ए, बी२

जमिनमा नै घर बनाएको देख्नु भएको छ, तर एउटा यस्तो ठाउँ छ जहाँ जमिनमुनि घर बनाएर बस्छन् । यी घरहरू

तपाईँ भित्री सजावटको सोखिन हुनुहुन्छ र तपाईँको घरलाई धेरै सुन्दर तरिकाले सजाउन चाहनुहुन्छ वा तपाईँ आफ्नो नयाँ घरमा सर्दै हुनुहुन्छ