English

के स्तनको आकारले यौन सन्तुष्टिमा असर पार्छ ?



सामान्यतया महिलाका ठुला स्तनलाई आकर्षक मानिन्छ । महिलाको सौन्दर्य स्तनको आकारसँग जोड्ने चलन पनि छ । स्तनको नाप वा आकारको सबैभन्दा ठुलो चिन्ता वा चासो त आफ्नो यौन साथीलाई पर्याप्त आकर्षक होइन्छ या होइन्न भन्ने बारेमा हुन्छ । स्तनको स्पर्शले पुरुष र महिला दुवैलाई उत्तेजित बनाउँछ ।

पुरा स्तन नै यौन संवेदनशील भए पनि यसको मुन्टो तथा वरिपरिको भाग विशेष यौन संवेदनशील हुन्छ । स्तनको मुन्टोलाई केही बेर चलायो भने उत्तेजित हुने गर्दछ । स्तनको आकार सानो वा ठुलो जे भए पनि यौन सुख पाउने कुरामा कुनै फरक पार्दैन ।

कतिपयलाई वैवाहिक जीवनमा स्तनको आकारले असर पर्छ कि भन्ने चिन्ता हुन्छ । यो त कुनै व्यक्तिले विवाह गर्ने व्यक्तिसँगको सम्बन्ध र उसको अपेक्षामा भर पर्छ ।

ठुला आकारका स्तन भएका कति महिलाका वैवाहिक जीवन सुमधुर छैनन् भने कति साना स्तन भएका कतिपय महिलाका सुमधुर । स्तनको आकार आफै मात्र यसको निर्णायक आधार होइन ।

प्रकृतिले दिएका कतिपय कुरामा चित्त नबुझे पनि त्यसमा केही गर्न सकिने स्थिति छैन भने त्यसैको अनावश्यक रूपमा पिर लिएर बस्नु कुनै बुद्धिमानी होइन । मनोबल उच्च बनाई आफ्नो शारीरिक स्वरूपप्रति सहज भई अन्य प्रतिभा तथा व्यक्तित्व विकासमा जोड दिँदै अगाडि बढ्नुपर्छ ।

यो पनि…
पहिलोपटक यौनसम्पर्क गर्दा यी कुरामा दिनुहोस् ध्यान
यौन सम्पर्क गर्दा खुलेर गर्नुहोस् यस्ता कुरा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

डा. गुरूप्रसाद सुवेदी हामीले महादेवको पूजा गर्दा जहिल्यै शिवलिङ्गको पूजा गरेको देखेका छौँ । तर यसको वास्तविक अर्थ के हो

काठमाडौंका धीरज बस्नेत र आर्थिक बस्नेत पुरुष समलिङ्गी जोडी हुन् । उनीहरूले ६ महिनाअघि विवाह गरे । करिब डेढ वर्षको

‘रक्तदान महादान, रक्तदान जीवनदान’ भन्ने नारालाई आत्मसात गर्दै बुटवलस्थित भिमसेन नेवाः मयजु पुचले शनिबार बृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ

पुरुषबाट महिला बलात्कार भएका घटना थुप्रै सुनिन्छ । तर, महिलाले पुरुषलाई बलात्कार गरेको घटना खासै सुनिँदैन/बाहिर आउँदैन । के महिलाले