English

‘लगान’लाई यूकेमा ब्रोडवे शोका रुपमा रुपान्तरण गर्ने तयारी



आमिर खानको फिल्म ‘लगान वन्स अपन ए टाइम’ले बुधबार रिलिजको २१ वर्ष पूरा गरेको छ । अब यो फिल्मलाई यूकेमा ब्रोडवे शोका रुपमा रुपान्तरण गर्ने तयारी भइरहेको छ ।

ब्रिटेनका कैयौं प्रमुख निर्माताहरूले आमिर खान प्रोडक्सन्ससँग अधिकारका लागि अनुरोध गरेका छन् । अनुरोधसँगै आमिरको टिमले वेस्ट एण्ड थिएटरको विषयमा चाँडै अन्तिम निर्णय दिनेछन् ।

वेस्ट एण्ड थिएटर ब्रोड वे शोको बराबर हो, जुन विश्वभरमा सबैभन्दा ठूलो र लोकप्रिय थिएटरमध्ये एक हो ।

फिल्मका निर्माताहरूले अलग किसिमका योजना बनाएका छन् । शोमार्फत विश्वव्यापी यात्रा गर्ने योजना पनि उनीहरूको छ । जहाँ फिल्मका प्रमुख कलाकार सहभागी हुनेछन् ।

‘लगान’ भारतको औपनिवेशिक ब्रिटिश राजको समयदेखि भिक्टोरियन कालसम्मको १८९३ को कथामा आधारित छ । फिल्मका निर्देशक आशुतोष गोवारिकर हुन् ।

यो पनि…
‘पुष्पा २’लाई ठूलो स्केलमा बनाइँदै
नेपालसँगै भारतमा पनि एकसाथ चल्दै ‘प्रेमगन्ज’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

Latest










Popular
Suggested