वायु प्रदूषणले दिल्लीमा १० वर्ष र लखनउमा ९ वर्ष आयु घटायो



वायु प्रदूषण मानव स्वास्थ्यको लागि सबैभन्दा गम्भीर खतरा हो । भारतमा यस्तोे खतरा अझै उच्च देखिन्छ । शिकागो विश्वविद्यालय (इपीआइसी)को ऊर्जा नीति संस्थानका अनुसार दिल्ली संसारको सबैभन्दा प्रदूषित सहर हो । वायु प्रदूषणले दिल्लीमा लगभग १० वर्ष र लखनउमा साढे ९ वर्ष आयु घटाएको छ ।

एयर क्वालिटी लाइफ सूचांकअनुसार इन्डो–गंगाको मैदान संसारको सबैभन्दा प्रदूषित क्षेत्र हो । वर्तमान प्रदूषण स्तर जारी रहे पञ्जाबदेखि पश्चिम बंगालसम्म आधा अर्बभन्दा बढी मानिसहरूले औसत ७ दशमलब ६ वर्षको आयु गुमाउनेछन् ।

यसको विपरित बाल र मातृ कुपोषणले औसत आयु लगभग १ दशमलब ८ वर्ष र धुम्रपानले १ दशमलब ५ वर्षले घटाएको छ । प्रदूषणका कारण दिल्ली र लखनउमा फोक्सो र श्वासपश्वासका विरामी बढेका छन् ।

यो पनि…
भारतमा वायु प्रदूषणबाट २३ लाख जनाको मृत्यु
नेपालमा वायु प्रदूषणबाट बर्सेनि ३७ हजारको मृत्यु !



Leave a Reply

Your email address will not be published.

सम्बन्धित खबरहरु

हरेक वर्षायाममा नेपालका विभिन्न भागमा हैजाका बिरामीहरू भेटिने गरेका छन् । यसवर्ष काठमाडौँमै संक्रमितहरू भेटिएका छन् । उपत्यकाका १० ठाउँमा

गर्भवती महिलामा गर्मीको समयमा गर्भपातको सम्भावना बढी हुने एउटा नयाँ अध्ययनले देखाएको छ । ८ वर्ष लामो अध्ययनमा परियोजनका अनुसन्धानकर्ताहरूले

अन्ततः अमेरिकाको सर्वोच्च अदालतले गर्भपतनसम्बन्धी संवैधानिक अधिकार समाप्त गरिदिएको छ । सर्वोच्चले देशव्यापी रूपमा गर्भपतन वैध हुने ५० वर्षअघिको एउटा

क्यान्सर एक घातक रोग हो । यो रोग जुनसुकै उमेरमा कसैलाई पनि हुन सक्छ। क्यान्सरका धेरै प्रकार छन्, त्यी सबैमा

Suggested