भारतमा वायु प्रदूषणबाट २३ लाख जनाको मृत्यु



प्रदूषणका कारण भारतमा सन् २०१९ मा २३ लाख भन्दा बढी मानिसको मृत्यु भएको एउटा अध्ययनले देखाएको छ । ल्यान्सेटले गरेको अध्ययनमा १६ लाख मानिसहरूको मृत्यु वायु प्रदूषणका कारण मात्र भएको थियो । त्यस्तै, ५ लाख जनाको मृत्यु जल प्रदूषणका कारण भएको थियो ।

ल्यान्सेटको प्रतिवेदनअनुसार सोही वर्ष प्रदूषणका कारण ९० लाख जनाको अकालमा ज्यान गएको थियो । त्यस हिसाबले हरेक ६ जनामा एक जनाको प्रदूषणका कारण मृत्यु भएको थियो । प्रदूषणबाट सबैभन्दा प्रभावित देशहरूमध्ये भारत पनि एक रहेको अध्ययनमा जनाइएको थियो ।

विश्वव्यापी स्वास्थ्यमा प्रदूषणको प्रभाव युद्ध, आतंकवाद, मलेरिया, एचआईभी, क्षयरोग, लागूपदार्थ र मदिराको भन्दा धेरै ठूलो रहेको अध्ययनमा जनाइएको थियो ।

असुरक्षित पिउने पानी, घरभित्रको वायु प्रदूषण र अपर्याप्त सरसफाइसँग सम्बन्धित मृत्युदरमा कमीसँगै अफ्रिकामा भने उल्लेख्य सुधार आएको अध्ययनमा उल्लेख छ ।

यो पनि…
देशभर वायु प्रदूषण, घरबाहिर ननिस्कन चेतावनी
वायु प्रदूषण : विज्ञले दिए चेतावनी !



Leave a Reply

Your email address will not be published.

सम्बन्धित खबरहरु

नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार आज अमेरिकी डलर एकको खरिद दर १२९.८२

लसुन हाम्रो स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । लसुन स्वस्थ शरीर र छालाको लागि धेरै उपयोगी हुन्छ । तपाईंले आफ्नो

सम्बन्धमा एक अर्कालाई समय दिइन्छ, तर व्यस्त जीवनमा मानिसहरूसँग समयको कमी हुन्छ। यस्तो अवस्थामा जब जोडीले एक अर्कालाई समय दिँदैनन्,

हरेक महिलाले आफू सुन्दर देखिन रुचाउँछन् । लिपस्टिकले महिलाको सुन्दरतामा विशेष फरकपना देख्न सकिन्छ । तर धेरैलाई लगाउने तरीका थाहा

Suggested