English

पुटिनका गार्डले उनको मलमूत्र विशेष सुटकेसमा बोक्छन्



रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यात्रा गर्दा रुसी संघीय सुरक्षा सेवा (एफपीएस)का कर्मचारीहरूले राष्ट्रपतिको मलमूत्र र पिसाब पकेटमा बोक्ने र एजेन्टहरूले त्यसलाई विशेष सुटकेसमा मस्को लैजाने गरेको खुलासा भएको छ । पुटिनको स्वास्थ्यसँग सम्बन्धित विषयलाई गोप्य राख्न यस्तो गरिएको खुलासा भएको हो ।

फ्रान्सेली पत्रिकामा छापिएको एउटा रिपोर्टअनुसार सन् २०१७ मा फ्रान्सको भ्रमणका क्रममा त्यहाँका राष्ट्रपति इमानुएल म्याक्रोँलाई भर्साइलमा भेटेपछि पुटिनले यस्तो अभ्यास गरेका थिए । पत्रिकाअनुसार तीव्र दबाबबीच रूसी दूतावासका कर्मचारीहरूलाई पुटिनबारे ‘पूर्ण गोपनीयता’ कायम राख्न भनिएको थियो ।

शीर्ष रूसी अधिकारीहरूको सुरक्षाको लागि एफपीएसका एजेन्टहरू जिम्मेवार मानिन्छन् ।

युक्रेन युद्धदेखि नै रुसी राष्ट्रपतिको स्वास्थ्य महिनौंदेखि अनुमानको विषय बनेको छ । उनी क्यान्सरबाट पीडित हुनसक्ने अनुमान गरिएको छ, यद्यपि यसबारे अहिलेसम्म पुष्टि भएको छैन । रुसी प्रशासन क्रेमलिनले पुटिनको स्वास्थ्य अफवाहलाई बारम्बार अस्वीकार गर्दै आएको छ ।

फ्रान्सेली म्यागेजिनले सार्वजनिक गरेको रिपोर्टसँग मिल्ने एउटा घटनालाई केहीसमयअघि सेयर गरेको बीबीसीले जनाएको थियो, जहाँ दुई गार्डहरू एउटा विशेष सुटकेस बोकेर कोठाबाट बाहिर निस्केको र उनीहरूलाई पुटिन र अन्य दुई गार्डहरू पछ्याएको देखिन्छन् ।

यो पनि…
फिलिपिन्समा बाढी : ५३ जनाको मृत्यु, गाउँ जलमग्न
युक्रेनले गर्‍यो आफ्ना नागरिकलाई यस्तो आग्रह



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

Latest










Popular
Suggested