English

गायिका इन्दिरा जोशीले शरद केडियासँग कसिन् लगनगाँठो



गायिका इन्दिरा जोशी विवाह बन्धनमा बाँधिएकी छन् । मंगलबार चितवनस्थित बाराही जंगल लजमा उनले फेसन डिजाइनर शरद केडियासँग विवाह गरेकी हुन् ।

योसँगै इन्दिराले इन्स्टाग्राममार्फत ‘अब हामी श्रीमान–श्रीमती भयौं’ भन्दै विवाहका तस्बिरसमेत सार्वजनिक गरेकी छन् ।

आइतबार मेहेंन्दी उत्सव मनाएकी इन्दिराले आफूले मंगलबार विवाह गर्न लागेको जानकारी गराएकी थिइन् । वैवाहिक कार्यक्रममा दुवैतर्फका परिवार तथा आफन्तको सहभागिता थियो ।

तीन वर्षयता प्रेमसम्बन्धमा रहेपनि इन्दिरा र शरदले लामो समय गुपचुप राखे । गतवर्ष सगरमाथाको नाम्चेमा पुगी इन्गेजमेन्ट गरेपछि मात्रैै उनीहरुले सम्बन्धलाई बाहिर ल्याएका थिए ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

अहिले होली पर्वलाई भाङ खाने, मदिरापान गर्ने, होहल्ला गर्ने गरेर मनाउन थालिएको छ । यसले यो पर्वको महत्वलाई भुलाउदै नराम्रो

सहरका स्थानीय रैथाने चिनियाँ नयाँ वर्षको उमंगमा उर्लिरहेका बेला गत आइतबार हङकङेली नेपालीहरूको लामै लर्को भने युङ लङ थिएटरतर्फ सोझिएको

नेवार समुदायले मनाउने यःमरि पुन्हि अर्थात योमरी पूर्णिमा र ज्यापु दिवस आज मुलुकभर उल्लासका साथ मनाईदैछ । हरेक वर्ष धान्य