English

स्विट्जरल्याण्डमा किन जमीनमा अण्डरवेयर गाडिरहेका छन् मानिस ?



माटोको गुणवत्ता परीक्षण गर्ने तरिका के तपाईलाई थाहा छ ? यदि छैन भने तपाईले स्विट्जरल्याण्डमा गरिरहेको अनौठो प्रयोगको बारेमा जान्न आवश्यक छ ।

जमीन में अंडरवियर

विशेषज्ञहरु कहिले ल्याबमा र कहिले खेतमा माटोको परीक्षण गर्दछन् । तर स्विट्जरल्याण्डमा २ हजार अण्डरवियरलाई माटोमा गाडिएको छ । यस्तो गर्नुको कारण मात्र माटोको स्वास्थ्यका परीक्षण रहेको छ । खबरका अनुसार, स्विट्जरल्याण्डमा किसान माटोको गुणस्तर परीक्षणका लागि जमीनमा यसरी २ हजार अण्डरवेयर गाडिरहेका हुन् ।

जमीन में अंडरवियर

यसरी जाँच स्विट्जरल्याण्डको अनुसन्धान संस्थान एग्रोस्कोपको तर्फबाट गरिएको हो । अनुसन्धान गरिरहेको टीमले नै किसानलाई अण्डरवियर पठाएको हो । एग्रोस्कोपले एक निर्धारित समयपछि यी अण्डरवेयरलाई जमीन बाहिर निकाल्नेछ । र त्यसको फोटोग्राफी गराउनेछ । त्यसपछि जाँच शुरु गर्नेछ ।

जमीन में अंडरवियर

स्विट्जरल्याण्डमा भइरहेको यो अनौठो अनुसन्धानमा वैज्ञानिकले जमीनमा राख्दा अण्डरवियरमा देखिने असरको बारेमा जाँच गर्नेछन् । त्यस्तै वैज्ञानिकले कपडामा ब्याक्टेरिया र अन्य साना जीवाणुहरुको हमला कति हुन्छ र यसले कति कपडा नष्ट गर्दछ भन्ने बारेमा पनि अनुसन्धान गर्नेछन् । यदि कपडा धेरै नष्ट भएमा जमीन राम्रो र माटोमा पर्याप्त तत्व रहेको पुष्टि हुनेछ ।

जमीन में अंडरवियर

एग्रोस्कोपका अनुसार यो प्रयोगमा सामेल भएका किसानलाई अण्डरवेयर गाड्नको लागि एक टी ब्याग पनि दिइनेछ । किनभने अण्डरवेयर र टी ब्यागमा तुलना गर्न सकियोस् । एक महिनासम्म अण्डरवेयर जमीनमा गाडिनेछ । त्यसपछि विश्लेषणच गरिनेछ ।



सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested