English

यसरी गर्नुहोस् घरमै मेनिकेयर, पेडिकेयर



सुनिता सिटौला ।

सामान्यतया मानिसहरुले बढी मात्रामा अनुहारको सुन्दरतामा मात्र ध्यान दिन्छन् । तर, सौन्दर्यको दृष्टिले हेर्ने हो भने अन्य अंगहरु पनि उतिकै महत्वपूर्ण छन्, जसमा हात खुट्टा पनि पर्छन् ।
घरमै हातखुट्टाको हेरचाह गर्न सर्वप्रथम त हात खुट्टालाई धेरै चिसोबाट बचाउनु पर्छ । धेरै चिसो हुँदा हात खुट्टा फुट्ने गर्छ । हातमा पन्जा र खुट्टामा मोजा लगाउनु पर्छ । हात खुट्टामा दिनहुँ मोस्चराईजरको प्रयोग गर्नुपर्छ ।

हात खुट्टालाई नरम बनाउन बजारमा विभिन्न क्रिम पाइन्छ । पार्लरमा गएर पनि हामी मेनिकेयर पेडिकेयर गर्न सक्छौँ तर त्यो महँगो पर्न जान्छ त्यसैले आज हामी घरमै मेनिकेयर पेडिकेयर कसरी गर्न सकिन्छ भनेर सिक्छौँ ।

१. सबैभन्दा पहिले हात खुट्टामा लगाएको नेल पालिशलाई रिमुर्भरले सफा गर्नुपर्छ ।
२. एउटा ठूलो भाँडोमा हात खुट्टा डुबाउन मिल्ने गरी मनतातो पानी लिनुहोस् ।
३. त्यो मनतातो पानीमा एक ठूलो चम्चा नुन र स्याम्पु मिक्स् गर्नुहोस् ।
४. मिक्स् गरिएको पानीमा १५ मिनेट हात खुट्टा डुबाउनु होस् ।
५. नङमा अड्किएको फोहोरलाई सफा गर्नुहोस् र स्क्रबरले हात खुट्टाको मृत छालाहरुलाई हटाउनुहोस् ।
६. पानीबाट हात खुट्टा निकालेर सुख्खा हुने गरी राम्ररी पुछ्नुहोस् ।
७. सुख्खा हुने गरी पुछिसकेपछि नङलाई मिलाएर काट्नु पर्छ ।
८. हात खुट्टामा मोस्चराइजर लगाउनुहोस् । घरमा मोस्चराईजर छैन भने नरिवलको तेल लगाउँदा पनि हुन्छ ।
९. हात खुट्टामा मोस्चराईजर लगाएर १० मिनेट जति मसाज गर्नुहोस् ।
१०. यति गरिसकेपछि हात खुट्टा सफा हुन्छ, अब आफूलाई मन पर्ने नेल पालिश लगाउनुहोस् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

छालामा देखिने धेरै किसिमका समस्याहरूलाई हामी नजरअन्दाज गर्दै आएका छौँ । तर मौसममा परिवर्तन आउने बित्तिकै शरीरमा पर्ने पहिलो प्रभाव

दिमागको रक्तनली बन्द हुनु अथवा नली फुटेर रगत बाहिर बग्नुलाई मस्तिष्कघात अथवा स्ट्रोक भनिन्छ । यस्तो अवस्थामा शरीरको आधा भागलाई

हेल्मेट मोटरसाइकल चालकको टाउकोको सुरक्षा कवच हो । बजारमा स्टाइलिस मोटरसाइकल मात्र होइन, स्टाइलिस हेल्मेटको क्रेज पनि उत्तिकै छ ।

आफ्नो बिमारी साथीलाई कुरुवा बस्न महाराजगञ्ज स्थित शिक्षण अस्पताल पुगेका ज्ञानबहादुर लामाको टि–सर्टमा रगतको छिटा देखेपछि अस्पतालमा कार्यरत एक नर्सले