English

सेयर बजारमा दोहोरो अंकको गिरावट



सोमबार सेयर बजार सूचक नेप्सेमा १२ अंक बढीको गिरावट आएको छ । निरन्तर घट्दो क्रममा रहेको नेप्सेमा साताको पहिलो कारोबार १२.८९ अंकको गिरावट आएर २० हजार ६५.८२ अंकमा झरेको हो ।

आज कारोबार रकम समेत घटेर १ अर्ब २७ करोड ३३ लाखमा खुम्चिन पुगेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । १३ वटा उपसूचकमध्ये आज विकास बैंक समूहको सूचक ०।३३ प्रतिशतले बढेको छ भने फाइनान्स समूहको ०.२२ प्रतिशतले, म्यानु एण्ड प्रो ०.४२ प्रतिशतले, माइक्रोफाइनान्स ०.५३ प्रतिशतले, मुचुअल फन्ड ०.२७ प्रतिशतले र अन्य समूह ०.१ प्रतिशतले मात्र वृद्धि भएको छ ।

यता बैंकिङ समूहको उपसूचक आज १.३२ प्रतिशतले घटेको छ भने व्यापार समूहको ०.१ प्रतिशतले, होटल तथा पर्यटन समूहको ०.०५ प्रतिशतले, हाइड्रोपावर समूहको ०.२१ प्रतिशतले निर्जीवन बीमा ०.५८ प्रतिशतले, जीवन बीमा २.०१ प्रतिशतले र व्यापार समूह ०.३१ प्रतिशतले घट्न पुगेको छ ।

यो पनि…
धानमा आत्मनिर्भर हुन ६ लाख ६८ हजार मेट्रिक टनको खाँचो
गहुँमा आत्मनिर्भर हुन ४ लाख २५ हजार मेट्रिक टन खाँचो



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,