English

चन्द्रागिरीमा १० लाख वृक्षारोपण अभियान प्रारम्भ (फोटो फिचर)



विश्व पर्यावरण दिवसको अवसरमा लुम्बिनी विश्व शान्ति मंच तथा थानकोट जेसिजको आयोजनामा आज चन्द्रागिरी नगरपालिका वडा नं ३ मा ‘१० लाख वृक्षारोपण अभियान’ अन्तर्गत वृक्षारोपण कार्यक्रम शुभारम्भ भएको छ ।

ग्रिन हयाण्डसका अध्यक्ष अर्पणा पोखरेलको सभापतित्वमा आयोजित कार्यक्रममा लुम्बिनी विश्व शान्ति मंचका अध्यक्ष बासु गौतमले स्वागत मन्तब्य दिएका थिए ।

प्रमुख अतिथि चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरीले पर्यावरण क्षेत्रमा लुम्बिनी विश्व शान्ति मंच र ग्रिन हयाण्डसले आयोजना गर्ने गरेको १० लाख वृक्षारोपण कार्यक्रमको सफलताको शुभकामना दिएका थिए ।

नगर प्रमुख गिरीले आफ्नै गृहनगरमा यस्तो भब्य कार्यक्रम आयोजना गरेकोमा आयोजक संस्थालाई धन्यवाद दिदैं आगामी दिनमा यस्तो रचनात्मक कार्यका लागी चन्द्रागिरी नगरपालिकाले पनि हातेमालो गर्ने बताएका थिए ।

उनले वृक्षारोपण कार्यक्रम स्थल चन्द्रागिरी नगरपालिका वडा नं ३ मा अवस्थित बुद्ध पार्कलाई ब्यवस्थित गर्दै साईकल लेनको निमार्ण गरी हरित बगैचाको अवधारणामा रूपान्तरण गरिने बताएका थिए ।

कार्यक्रममा अतिथिको रूपमा काठमाडौं जेसिजका अध्यक्ष अनुप सुनुवार र नेपाल टेलिकम सेटेलाइट शाखा बलम्बुका प्रवन्धक जगदिश लेखकले पनि मन्तब्य राखेका थिए । लुम्बिनी विश्व शान्ति मंचका महिला संयोजक प्रविना रावलले प्रमुख अतिथि र अतिथीहरूलाई खादा लगाई स्वागत गरेकी थिइन । कार्यक्रमको संचालन लुम्बिनी विश्व शान्ति मंचका महासचिव धिरेन्द्र पन्तले गरेका थिए ।

१० लाख वृक्षारोपण कार्यक्रम अन्तर्गत उक्त वृक्षारोपण कार्यक्रमको प्रायोजन नेपाल टेलिकम, लक्ष्मी बैंक, लक्ष्मी केयर (लक्ष्मी बैंकको सामाजिक कार्यक्रम), माछापुछ्रे बैंक , हिमालयन बैंक , बैंक अफ काठमाडौं, सेन्चुरी कमर्सियल बैंक र आरसी कोलाले गरेको थियो भने वृक्षारोपण कार्यक्रमलाई सफल बनाउन नेपाली सेना युद्वकवच गण सितापाईला, काठमाडौं जेसिज, काठमाडौं लेडी जेसिज, इमाडोल जेसिज, लगायत संघ संस्थाहरूको सहयोग र सहभागिता रहेको थियो ।

यो पनि…
डब्लूडब्लूएफ नेपालले मनायो २९ औं वार्षिकोत्सव
लुम्बिनी प्रदेशको प्राथमिकतामा गौरवका आयोजना



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सगरमाथाको साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को नेपाल प्रिमियर शनिबार

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

Latest










Popular
Suggested