English

महिलाका लागि हस्तमैथुन फाइदाजनक



मनोरञ्जन लिनका लागी अधिकांश महिलाले हस्तमैथुन गर्ने गर्छन् । जोखिम बिना नै यौन आनन्द लिने एक माध्यम पुरुषको जस्तै महिलाको हस्तमैथुन नै हो । तर पुरुषको तुलनामा महीलाले कम हस्तमैथुन गर्ने गरेता पनि अध्ययनहरूका अनुसार १८ वर्षमाथिका अधिकांश महिलाले कम्तीमा एक पटक हस्तमैथुन गर्छन् । अमेरिकाको इण्डियाना विश्वविद्यालयले गरेको अनुसन्धानअनुसार २५ देखि २९ वर्षसम्मका महिलामा ७.९ प्रतिशतले हप्तामा तीन पटक हस्तमैथुन गर्छन् ।

महिलाका लागि हस्तमैथुनका धेरै फाइदा छन् । हस्तमैथुनले तनाव कम गर्न, निद्रा लगाउन र स्वस्थ रहन मद्दत गर्छ । त्यस्तै हस्तमैथुनका कैयौँ फाइदा मध्ये पहिलो कुरा यसले खुसी दिन्छ । खुसी प्राप्त गर्ने हस्तमैथुन एक सहज माध्यम भएकाले पनि महिलाले यो उपाय अपनाउने गर्छन् । महिलाले एकान्त वा सुनसान र कसैसँग भेटघाट नहुने वातावरण भेटाउँदा साथ हस्त मैथुन गर्ने गर्दछन् ।

महिलाको सबैभन्दा बढी हस्तमैथुन गरिने स्थान हो बाथरुम । जुन उनीहरूले नुहाउँदा स्तन र योनीमा पानीको धारा पारेर आनन्द लिने गर्दछन् । त्यसपश्चात् एकान्त छोपेर बेडरुम र सोफामा बसेर पनि बढी महिलाहरूले हस्त मैथुन गरेको सोही अध्ययनले देखाएको छ ।

हस्तमैथुन मार्फत चरमोत्कर्ष प्राप्त गरेपछि महिलाले इण्डोर्फिन डोपामाइन र अक्सिटोसिन उत्पादन गर्छन् जसले मानिसको मुड फ्रेस गर्न मद्दत गर्छ । हस्तमैथुनको कारण समयमा नै निद्रा लाग्छ र स्वस्थ रहन मद्दत पुग्छ । हस्तमैथुनबाट चरमोत्कर्षमा पुगेपछि शारीरिक र भावनात्मक रूपमा तनावरहित बनाउँछ, जसले चाँडो निद्रा पर्छ । नियमित हस्तमैथुन गर्नाले महिनावारीको समयमा हुने पीडा ह्रास हुने यौन रोग विशेषज्ञ बताउँछन् ।

हस्तमैथुन शरीरमा भएको पीडा हटाउन र महिनावारीको समयमा हुने पीडा हटाउन लाभदायक मानिन्छ । स्ट्रिचरका अनुसार आवश्यक परे महिनावारीको समयमा पनि हस्तमैथुन गर्न सकिन्छ । सेक्स नगर्दा पनि हस्तमैथुनले शरीरलाई यौनिक बनाइराख्न मद्दत गर्छ । यसले तन्तुहरूलाई लचिलो र स्वस्थ बनाउँछ । शरीरमा रक्तसञ्चार बढाउँछ ।जसका फाइदै फाइदा छन् । यसरी सेक्स आनन्द लिँदा कुनै सरुवा रोग लाग्ने वा सेक्स गरेपछि बच्चा बोक्ने लगायतका मानसिक तनाव झेल्न नपर्ने हुँदा पनि यसका धेरै फाइदाहरू छन् ।

यो पनि…
पहिलोपटक यौनसम्पर्क गर्दा यी कुरामा दिनुहोस् ध्यान
महिलाले सेक्सबारे दिनमा कतिपटक सोच्लान् ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

डा. गुरूप्रसाद सुवेदी हामीले महादेवको पूजा गर्दा जहिल्यै शिवलिङ्गको पूजा गरेको देखेका छौँ । तर यसको वास्तविक अर्थ के हो

काठमाडौंका धीरज बस्नेत र आर्थिक बस्नेत पुरुष समलिङ्गी जोडी हुन् । उनीहरूले ६ महिनाअघि विवाह गरे । करिब डेढ वर्षको

‘रक्तदान महादान, रक्तदान जीवनदान’ भन्ने नारालाई आत्मसात गर्दै बुटवलस्थित भिमसेन नेवाः मयजु पुचले शनिबार बृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ

पुरुषबाट महिला बलात्कार भएका घटना थुप्रै सुनिन्छ । तर, महिलाले पुरुषलाई बलात्कार गरेको घटना खासै सुनिँदैन/बाहिर आउँदैन । के महिलाले