English

सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकममा सामान्य सुधार



सेयर बजारको गिरावटले बिहीबार पनि निरन्तरता पाएको छ । आज नेप्से १८.२६ अंकले घटेर २,११२.४७ विन्दुमा पुगेको छ। अहिल्लो दिन ७.१९ अंकले घटेको थियो। केही समययता सेयर बजार निरन्तर लगातार घटिरहेको छ।

बजार घटेपनि कारोबार रकममा भने सामान्य सुधार देखिएको छ। आज २२७ किसिमका धितोपत्र तथा ऋणपत्रको ३५ लाख ६६ हजार ८१९ सेयर किनबेच हुँदा एक अर्ब १६ करोड १५ लाख १४ हजार रूपैयाँ कारोबार भएको छ।

अघिल्लो दिन भने जम्मा ३० लाख २० हजार ६७ सेयर किनबेच भएको थियो भने कारोबार रकम एक अर्ब ७ करोड ८४ लाख ८४ हजार रूपैयाँ पुगेको थियो। आज ४७ किसिमका धितोपत्र तथा ऋणपत्रको मूल्य बढेको छ भने १६६ वटाको मूल्य घटेको छ।

आज सबैभन्दा धेरै बढ्नेमा बलेफी हाइड्रोपावर रहेको छ। उक्त कम्पनीको आज ९.९७ प्रतिशतले बढेको हो। अघिल्लो दिन कम्पनीको ९.९४ प्रतिशतले सेयर मूल्य बढेको थियो। आज सबैभन्दा धेरै घट्नेमा प्रभु लाइफ इन्स्योरेन्स रहेको छ। यसको ६.४७ अंकले घटेको हो।

आज कारोबारमा आएका १३ उपसमूहहरूमध्ये म्युचल फन्डबाहेक सबैको मूल्य घटेको छ। म्युचल फन्डको पनि जम्मा ०.१४ प्रतिशतले बढेको हो। आज सबैभन्दा धेरै घट्नेमा ट्रेडिङको २.६ प्रतिशत, लाइफ इन्स्योरेन्सको १.४३ प्रतिशत र अन्यको १.५६ प्रतिशतले घटेको हो।

कारोबार रकमको आधारमा आज सबैभन्दा धेरै माउन्टेन हाइड्रो नेपाल लिमिटेडको १२ करोड १२ लाख ५८ हजार रूपैयाँको सेयर कारोबार भएको छ।

यसपछि एनआइसी एसिया बैंकको ६ करोड ५४ लाख ६० हजार रूपैयाँ, नबिल बैंकको ३ करोड १८ लाख ५७ हजार रूपैयाँ, हिमालयन डिस्टिलरी लिमिटेडको ३ करोड ८ लाख ६१ हजार रूपैयाँ र शिखर इन्स्योरेन्सको २ करोड ८८ लाख ५० हजार रूपैयाँको कारोबार भएको छ।

यो पनि…
धानमा आत्मनिर्भर हुन ६ लाख ६८ हजार मेट्रिक टनको खाँचो
गहुँमा आत्मनिर्भर हुन ४ लाख २५ हजार मेट्रिक टन खाँचो



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

सुशील सुवेदी१९ साउन , स्याङ्जावालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

Latest










Popular
Suggested