English

कण्डमबिनै गर्भ नरहने गरी यौन सम्पर्क कसरी राख्ने ?



गर्भ नरहन इम्लानटको प्रभावकारिता ९९.९५ प्रतिशत, कपरटिको ९९.२० प्रतिशत छ भने तिन महिने सुई को ९७ प्रतिशत छ ।

कण्डम नियमित रूपमा सही तरिकाले प्रयोग गर्दा यसको प्रभाव कारिता ९८ प्रतिशत सम्म हुन सक्छ । तर सामान्य रूपमा प्रयोग गर्दा ८५ प्रतिशत सम्म देखिएको छ । बाह्य स्खलनको विधिलाई सही ढङ्गले प्रयोग गर्दा यसको प्रभावकारिता ७३ प्रतिशत सम्म मात्र हुन्छ ।

वीर्य स्खलन योनी भित्रै भएको स्थितिमा पनि गर्भ धारणका लागि डिम्ब निष्कासनको समय सँग तालमेल मिल्नु आवश्यक छ । श्रीमान् कत्तिको अभ्यस्त छन् यस कुराले पनि प्रभाव पार्छ । वीर्य स्खलन हुनु ठिक अघि योनी बाट लिङ्ग झिक्ने विधि अपनाए पनि अभ्यस्त नभएका व्यक्तिका लागि यो तरिका अपनाउन गाह्रो हुन्छ ।

अब वीर्य स्खलन हुने लाग्यो भनेर राम्रो सँग थाहा नपाउँदा लिङ्ग झिक्न ढिलो भई वीर्य योनी भित्रै या योनी खेत्रमा खस्न सक्छ । यस्तो अवस्थामा पनि अवलम्बन गरिएको विधि काम नलाग्ने भई दिन्छ । त्यस बाहेक उत्तेजनाको श्रोत जे सुकै भए पनि योन उत्तेजना भए पछि अलिकति रस लिङ्गको टुप्पामा देखिन्छ ।

यसमा सामान्यतया शुक्र किट हुदैँन । त्यसैले सामान्य अवस्थामा यो रस सम्पर्क बाट गर्भ रहदैन । तर कति पय अवस्थामा यदि केहि समय पहिले हस्त मैथुन गरेर वा योन सम्पर्क गरेर वीर्य स्खलन गरेको भए गर्भ रहने सम्भावना ज्यादै रहन्छ ।

यो पनि…
पहिलोपटक यौनसम्पर्क गर्दा यी कुरामा दिनुहोस् ध्यान
महिलाले सेक्सबारे दिनमा कतिपटक सोच्लान् ?



...
Lavern

Real superb info can be found on web site.Blog monetyze Feel free to visit my site - Christina-L

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

डा. गुरूप्रसाद सुवेदी हामीले महादेवको पूजा गर्दा जहिल्यै शिवलिङ्गको पूजा गरेको देखेका छौँ । तर यसको वास्तविक अर्थ के हो

काठमाडौंका धीरज बस्नेत र आर्थिक बस्नेत पुरुष समलिङ्गी जोडी हुन् । उनीहरूले ६ महिनाअघि विवाह गरे । करिब डेढ वर्षको

‘रक्तदान महादान, रक्तदान जीवनदान’ भन्ने नारालाई आत्मसात गर्दै बुटवलस्थित भिमसेन नेवाः मयजु पुचले शनिबार बृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ

पुरुषबाट महिला बलात्कार भएका घटना थुप्रै सुनिन्छ । तर, महिलाले पुरुषलाई बलात्कार गरेको घटना खासै सुनिँदैन/बाहिर आउँदैन । के महिलाले

Latest










Popular
Suggested