English

हराएको जहाज खोज्न आर्मीको हेलिकोप्टर लार्जुङ पुग्यो



पोखराबाट जोमसोमका लागि उडेको बेपत्ता जहाज खोज्‍न नेपाली सेनाको हेलिकोप्टर मुस्ताङ पुगेको छ । आइतबार बिहान १० बजेर ७ मिनेटपछि तारा एयरको जहाज सम्पर्कविहीन भएको थियो ।

खराब मौसमका बीच सेनाको हेलिकोप्टर सम्भावित दुर्घटना क्षेत्रतर्फ उडेको विमानस्थल कार्यालयले जनाएको छ । उक्त हेलिकोप्टर लार्जुङमा ल्यान्ड भैसकेको बताइएको छ।

यस्तै, सोही हेलिकोप्टर फर्किएर थप उद्धारकर्मी लैजाने तयारी छ । चालकदलसहित २२ जना सवार जहाज लेते र लार्जुङ क्षेत्रमै दुर्घटना भएको हुन सक्ने आशंका गरिएको छ । तर, पुष्टी भएको छैन । स्थानीयले ठूलो आवाज सुनेको भनेपछि त्यस क्षेत्रमा खोजी केन्द्रित गरिएको छ ।

यो पनि…
पोखराबाट जोमसोमका लागि उडेको तारा एयर लेतेमाथि दुर्घटना भएको आशंका
प्रतिकुल मौसमका कारण तारा एयरको जहाज खोजीमा कठिनाई



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,