प्रतिकुल मौसमका कारण तारा एयरको जहाज खोजीमा कठिनाई



नेपाल नागरिक उड्डयन प्राधिकरणले सम्पर्क विहिन रहेको तार एयरको टुविन्अटर ‘नाइन एनएइटी’ जहाजको खोजी कार्यमा मौसम बाधक बनेको जनाएको छ ।

प्राधिकरणले एक विज्ञप्ति जारी गर्दैै प्रतिकुल मौसमका कारण खोजीमा गएको फिस्टेल एयरको हेलिकप्टर पुनः जोमसोम फर्किएको बताएको छ ।

तारा एयरको टुविन्अटर ‘नाइन एनएइटी’ जहाज आज विहान पोखराबाट जोमसोम जाने क्रममा सम्पर्क विहिन बनेको थियो । जहाजमा चालक दलका तीन सदस्य सहित २२ जना यात्रु रहेका छन् । जहाजमा रहेका यात्रुमा १६ जना नेपाली, ४ जना भारतीय र २ जना जर्मन रहेका छन् ।

प्राधिकरणका अनुसार जहाज विहान पोखराबाट ९ः५५ बजे जोमसोमको लागि उडेको थियो । जहाज अन्तिम पटक जोमसोम टावरसँग १०ः०५ बजे घोडेपानी भन्ने स्थानमा सम्पर्कमा आएको थियो । सो पश्चात विमान सम्पर्क विहिन भएको प्राधिकरणले जनाएको छ ।

‘काठमाडौं, पोखरा तथा जोमसोम विमानस्थलमा खोज तथा उद्धार कार्यको लागि थप हेलिकप्टरहरु स्ट्याण्ड बाई रुपमा रहेकोले मौसममा सुधार आउनासाथ हवाईमार्गबाट खोज कार्य पुनः सुरु गरिनेछ । स्थलमार्गबाट खोजी कार्य गर्न नेपाली सेना र नेपाल प्रहरी समेत त्यस तर्फ प्रस्थान गरिसकेको व्यहोरा जानकारी गराइन्छ,’ प्राधिकरणले विज्ञप्तिमा भनेको छ ।

यो पनि…
पोखराबाट जोमसोमका लागि उडेको तारा एयर लेतेमाथि दुर्घटना भएको आशंका
उडानको तयारीमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (फोटो फिचर)



Leave a Reply

Your email address will not be published.

सम्बन्धित खबरहरु

यतिबेला देश निर्वाचनमय बनेको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आउन अब मात्र केही दिन बाँकी छ । निर्वाचन नजिकिएसँगै

धिरेन्द्र प्रेमर्षी, पत्रकार, संस्कृतिविद् छठ मिथिला समुदायको मौलिक पर्व हो । कात्तिक चतुर्थको दिनदेखि चार दिन मनाइन्छ । यो पर्व

आजबाट नेपाल संवत् ११४३ सुरु भएको छ । यसलाई नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति

पोखरा खगोलीय समाज (PAS) र गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (GPAST) द्वारा संयक्तरुपमा आयोजित पहिलो खगोल विज्ञान शिविर

Suggested