English

यसरी पकाउनुहोस् स्वादिष्ट बारा



नेवारी समुदायको रैथाने खाने परिकारमध्ये बारा चल्तीको खानामध्ये एक हो । यसलाई नेवारी भाषामा वो भनिन्छ । यसलाई कालो दालको प्रयोग गरेर बनाइन्छ । नेवारी समुदायमा यसलाई हरेक पर्वमा बनाएर खाने चलन छ । यसका साथै सो समुदायमा सगुनको रूपमा पनि बारा खाने चलन छ ।
नेवारी रैथाने बारा भनेर सादा बारालाई बुझिन्छ । तर तपाईंले आफ्नो स्वादअनुसार विभिन्न फ्लेबरमा तयार गर्न सक्नुहुन्छ, जस्तैः मासु बारा, अण्डा बारा आदि । यो खाना पोषणले भरिएको हुनाले स्वस्थका लागि फाइदाजनक हुन्छ । तपाईंले घरमा यसरी सजिलै सादा बारा बनाएर खाना सक्नु हुन्छ ।

आवश्यक सामग्री

– मासको कालो दाल आवश्यकअनुसार
–अदुवा स्वादअनुसार
–नुन स्वादअनुसार
–पानी
–तेल
–मिक्चर वा सिलौटा
–पकाउने भाँडा (प्यान वा तावा )

पकाउने विधि

–६ देखि १२ घण्टा भिजाएको मासको कालो दाल लिनुहोस् ।
–भिजाएको दाललाई बिस्तारै हातले मिचेर दालको बोक्रा निकालेर सफा गर्नुहोस् ।
–सफा गरिएको दाल, अदुवा र नुनलाई मिक्चर वा सिलौटामा पिध्नुहोस् ।
–दाल पिधेर पेष्ट बनाउनुहोस् । पेष्ट बनाउँदा थोरै–थोरै पानी राखेर बनाउनुहोस् ।
–चुलोमा भाँडा बसाल्नुहोस् । भाँडा तातो भएपछि त्यसमा तेल राख्नुहोस् ।
–तेलमा थोरै पेष्ट राख्ने र हातमा पानी लगाएर गोलाकार दिँदै पेष्टलाई फिंजाउनुहोस् ।
–सानो आगोमा ओर्काइ–फर्काइ २ देखि ३ मिनेट खैरो रंग नहुँदासम्म पकाउनुहोस् ।
–यसरी बनाएको बारा खाजाको रूपमा खाना सक्नु हुन्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

हङकङमा गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङ युथ फोरमको आयोजनामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । “रक्तदान गरौं, जीवन बचाऔं”

Latest










Popular
Suggested