English

यसरी हट्छ भित्तामा लागेको तेलको दाग



घरको भित्तामा लागेको कुनैपनि दाग राम्रो देखिदैन् । यसले घरको सुन्दरतालाई विगारिरहेको हुन्छ । घरको भित्तामा लाग्ने दागहरु मध्ये तेलको दाग पनि एक हो । यो दाग हामीले खाना पकाउँदा वा कहिलेकाहीँ हात भित्तामा दल्नाले पनि लाग्ने गर्छ । यस्तो किसिमको दागलाई हटाउन गाह्रो पनि हुन्छ । यो दाग साबुनपानी वा सर्फ पानीले पनि कहिले काही सफा हुुँदैन । घरको भित्तामा लागेको तेलको दागलाई सजिलै सफा गर्नका लागि यि उपायहरु अपनाउन सकिन्छ ।

भिनेगर

मसलाको रुपमा प्रयोग हुने भिनेगर भित्तामा लागेको दाग हटाउन एकदमै प्रभावकारी हुन्छ । सफा स्पन्जमा थोरै भिनेगर हालेर भित्तामा लागेको दागमा घोट्नुहोस् । दागमा तबसम्म रगड्नुहोस् जबसम्म दाग सफा हुदैन् । दाग सफा भइसकेपछि भिनेगर हटाउनका लागि अर्को सुख्खा कपडाले पुछ्नुहोस् ।

मकैको पिठो

मकैको पिठो र पानीको पेस्टले भित्तामा लागेको दागलाई सफा गर्न सकिन्छ । एक कप पानीमा तीन चम्चा मकैंको पिठो हाल्नुहोस र पेस्ट बनाउनुहोस् । त्यो पेस्टलाई दाग लागेको ठाउँमा लगाएर केही समय छोड्नु होस् । त्यसपछि चिसो कपडाले पेस्ट निकाल्नुहोस् । तेलको दाग सफा नहुँदासम्म यो प्रक्रिया गरिरहनुहोस् ।

तातोपन

तातोपनको सहयोगले पनि भित्तामा लागेको दाग सजिलै हटाउन सकिन्छ । यसका लागि तपाईले आयरनको प्रयोग गर्न सक्नुहुन्छ । तर आयरन सिधै भित्तामा प्रयोग गर्नु हँुदैन । आयरनलाई ताताउनुहोस्, केही पेपर टवेल दोब्राएर दाग लागेको ठाउँमा राख्नुुहोस् । एक हातले पेपर टवेल समात्नुहोस र अर्को हातले ताताएको आयरनले थिच्नुहोस् । यसरी पेपर टवेलले भित्ताको तेल सजिलै सोस्ने काम गर्छ । यो प्रक्रिया तेलको दाग ननिस्किदासम्म गरिरहनु होस् । तेलको दाग निस्के पछि साबुन पानीले सफा गर्नुहोस ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

प्लाष्टिकको प्रयोग घटाउन कपडाको झोला बनाउने तालिम बढ्दो प्लाष्टिकको प्रयोग न्यूनीकरण गर्ने उद्धेश्यले बाँकेको कोहलपुर नगरपालिकामा महिलाहरुका लागि कपडाको झोला

मार्च ४, २०२५ मा विश्व बजारमा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिज अन्तर्गतको नथिङ फोन थ्रि ए नेपाली बजारमा

काठमाडौं । नेपालमा बहुप्रतिक्षित टाटाको पन्च इभी एकैपटक चार शहरमा चितवन, पोखरा, बुटवल र भैरहवामा लन्च भएको छ । धेरैको

नेवार समुदायले मनाउने यःमरि पुन्हि अर्थात योमरी पूर्णिमा र ज्यापु दिवस आज मुलुकभर उल्लासका साथ मनाईदैछ । हरेक वर्ष धान्य