‘मिस लिटिल आइकन नेपाल–२०२२’ उपाधिबाट परिश्ना बास्तोला सम्मानित
बालकलाकार, बालमोडल तथा बाल गायिका परिश्ना बास्तोला यतिबेला चर्चामा छिन् । १० वर्षकै उमेरमा विभिन्न उपलब्धिहरू हासिल गरिसकेकी यी प्रतिभावान बालकलाकार यसै साता राजधानीमा ‘मिस लिटिल आइकन नेपाल–२०२२’ उपाधिबाट सम्मानित भएकी छिन् ।
किड्स क्यापिटलको आयोजक संस्था टिएस ईन्टरटेन्मेन्टले परिश्नालाई ‘मिस लिटिल आइकन नेपाल–२०२२’ को पहिलो उपाधि विजेताको रुपमा सम्मानित गरेको हो ।
टिएस ईन्टरटेन्मेन्टका प्रवन्ध निर्देशक अभिनेता एसराज गराचले परिश्नालाई उक्त उपाधिसहित सम्मान गरेका हुन् । सुनसरीको इटहरीमा जन्मिएर हाल काठमाडौंमा बसोबास गरिरहेकी परिश्ना डिएभी (सुशील केडिया विश्व भारती स्कुल) स्कूलमा कक्षा ६ मा अध्ययनरत छिन् ।

साढे दुई वर्षको उमेरमै सन् २०१४ मा एउटा फोटो सेसनमा सहभागी हुँदै परिश्नाले आफ्नो मोडलिङ यात्रा प्रारम्भ गरेकी हुन् । त्यसको तीन वर्षपछि साढे पाँच वर्षको उमेरमा परिश्नाले लेट मि डान्स स्कूल च्याम्पमा भाग लिइन् ।
सन् २०१९ मा किड्स क्यापिटल २०१८ मा सहभागिता जनाएर परिश्नाले बेस्ट डान्स तथा पपुलर च्वाइस विधाको अवार्ड जित्न सफल भइन् ।
आफू अध्ययनरत विद्यालयका सांगीतिक तथा नृत्य प्रतियोगितामा सहभागिता जनाएर प्रथम पुरस्कार जितिसकेकी परिश्नाले अघिल्लो वर्ष सम्पन्न पेजेन्ट नेपाल फेसन एण्ड मोडल अवार्ड २०२१ मा बेस्ट रनवे मोडल किड्स २०२१ को अवार्ड पाइसकेकी छिन् ।

यसका साथै उनले दुई वर्षअघि सम्पन्न स्पर्श म्युजिक भिडियो अवार्ड २०२० मा बेस्ट किड्स मोडल मोर्डन पप विधामा अवार्ड जितिसकेकी छिन् भने अघिल्लो वर्ष आयोजित स्पर्श म्युजिक भिडियो अवार्ड २०२१ मा पनि बेस्ट किड्स मोडल मोर्डन पप २०२१ को अवार्ड जित्न सफल भइन् ।
हालसम्म तीन वटा म्युजिक भिडियोमा अभिनय गरिसकेकी परिश्ना गायिका समेत हुन् । उनले एउटा गीतको रेकर्डिङ गरिसकेकी छिन् ।
यसबाहेक उनले लाइफ ब्वाइ साबुनको टिभिसीमा समेत भ्वाइस ओभर गरेकी छिन् ।
परिश्नाले हिपहप डान्सको प्रशिक्षण लिइसकेकी छिन् भने गायनका लागि भोकल लेभल एक इस्टर्न कोर्स समेत गरिसकेकी छिन् । यसबाहेक उनले करिब एक महिनासम्म फिल्म अभिनयको प्रशिक्षण समेत लिइसकेकी छिन् ।

विभिन्न स्थानमा आयोजित सांस्कृतिक कार्यक्रममा आफ्नो प्रस्तुति दिइसकेकी परिश्ना ताराना इन्टरनेशनल तथा न्यू इन्डिया लाइभ कार्यक्रममार्फत धेरै पटक लाइभ शो समेत सञ्चालन गरिसकेकी छिन् । यो कार्यक्रम अष्ट्रेलिया तथा भारतबाट लाइभ गरिन्छ ।
यो पनि…
‘फेसियल हाउस’ को १४औं वार्षिकोत्सवमा पूजा र भवानीले काटे केक
सृष्टि र मन्दिप ‘मिस्टर एण्ड मिस नेपाल टिन’
Grazyna
Howdy! Someone in my Myspace group shared this site with us so I came to check it out. I'm definitely loving the information. I'm bookmarking and will be tweeting this to my followers! Wonderful blog and amazing style and design. Stop by my webpage rdiet (Aracelis)