English

‘हाम्रो अनि राम्रो चाँगुनारायण बनाउने अभियान सुरु भइसक्यो’



चाँगुनारायण नगरपालिकाका नव–निर्वाचित प्रमुख हुन् – जीवन खत्री । हालै सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका खत्रीले ९ हजार ५ सय ५५ मतदाताको मन जिते । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी विना बास्तोला ९ हजार १ सय ६० मतसहित दोस्रो बनिन् । उनी निवर्तमान उपप्रमुख समेत हुन् ।

यसअघि २०७४ को निर्वाचनमा एमालेले विजय हासिल गरेको यो नगरपालिकाको नतिजा उल्टाउन कांग्रेसलाई सहज भने थिएन । किनकी उक्त निर्वाचनमा एमालेसँग कांग्रेसले झण्डै २ हजार मतान्तरले पराजय भोगेको थियो । त्यो मतान्तर घटाएर जित निकाल्न र मतदाताको मन पगाल्न खत्री सफल भए ।

मैले राजनीतिबाट कुनै लाभ लिइन, सधैं चाँगुबासीको सुख दुःखमा रहँदै आएँ,त्यसैको आशिर्वादस्वरुप उहाँहरुले मलाई जिताउनुभएको हो ।

आखिर कसरी भए सफल ? ‘नगरबासीले जुनसुकै पार्टीका नेतालाई आफ्नो सुख दुःखको साक्षी भइदिओस् भन्ने चाहन्छन्,’ खत्री आफ्नो जितको कारण खुलाउँदै थिए, ‘मैले राजनीतिबाट कुनै लाभ लिइन, सधैं चाँगुबासीको सुख दुःखमा रहँदै आएँ,त्यसैको आशिर्वादस्वरुप उहाँहरुले मलाई जिताउनुभएको हो ।’

ती आशिर्वादलाई शिरोधर गर्दै जनताको शासक नभइ सेवक भएर काम गर्ने खत्रीको प्रतिबद्धता छ । ‘मैले निर्वाचनको दौरान भनेको थिएँ नागरिकले राज्यबाट पाउने सेवा सुविधा सरल, बिना भेदभाव र पूर्वाग्रहरहित ढंगले प्रदान गर्नेछु,’ उनी भन्दै थिए, ‘चाँगुनारायणलाई सुशासन, समृद्धि र आर्थिक पारदर्शिताको नगरपालिका बनाउने मेरो सपना हो ।’

सोही सपना साकार पार्नका लागि ‘हाम्रो अनि राम्रो चाँगुनारायण नगरपालिका’ बनाउने अभियान सुरु गरिसकेको उनले सुनाए ।

समाजमा शिक्षित नागरिक भएमात्र सभ्य समाजको परिकल्पना गर्न सकिन्छ, त्यही सोच अनुसार अब ५ वर्षभित्र अधिकांश घरमा मास्टर्स डिग्री गरेका जनशक्ति हुनेछन् ।

यसैगरी, नगरभित्र खानेपानी, शिक्षा, स्वास्थ्य, यातायात लगायतका क्षेत्रको विकासलाई प्राथमिकतामा राखेका छन्, खत्रीले । शिक्षित समाज निर्माणका सन्दर्भमा ‘एक घर, एक स्नातकोत्तर’ अवधारणा अघि सार्ने योजना रहेको उनले बताए । ‘समाजमा शिक्षित नागरिक भएमात्र सभ्य समाजको परिकल्पना गर्न सकिन्छ,’ उनले भने, ‘त्यही सोच अनुसार अब ५ वर्षभित्र अधिकांश घरमा मास्टर्स डिग्री गरेका जनशक्ति हुनेछन् ।’

त्यस्तै, नगरभित्रका जीर्ण सडकको स्तरोन्नती गरी नगरबासीमा यातायातको पहुँच पुर्याउने नगर प्रमुख खत्रीको लक्ष्य छ । चाँगु नगरबासीको अर्को समस्या भनेको खानेपानी हो । ‘हामीले खानेपानी समस्या समाधानका लागि महादेवखोला बहुआयामिक परियोजना सम्पन्न गर्ने लक्ष्य राखेका छौं,’ उनले भने, ‘५ वर्षभित्र खानेपानीको समस्या समाधान गरेरै छाड्छु ।’

अहिले बैंकिङ प्रणालीमार्फत सामाजिक सुरक्षा भत्ता झन्झटिलो तरिकाले वितरण भइरहेको छ, अब त्यो झन्झट छिट्टै समाधान गर्नेछु ।

यसैगरी, अब छिट्टै नगरभित्रका ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्तालाई घर–घरमै पुगेर वितरण गर्ने व्यवस्था मिलाउने उनले बताए । ‘अहिले बैंकिङ प्रणालीमार्फत सामाजिक सुरक्षा भत्ता झन्झटिलो तरिकाले वितरण भइरहेको छ,’ उनले भने, ‘अब त्यो झन्झट छिट्टै समाधान गर्नेछु ।’

को हुन् जीवन खत्री ?

चाँगुनारायण नगरपालिकाका नवनिर्वाचित प्रमुख खत्री चाँगुबासीका लागि नयाँ अनुहार भने होइनन् । विद्यार्थी कालदेखि नै नेविसंघ हुँदै कांग्रेस राजनीतिमा प्रवेश गरेका खत्रीको राजनीतिक यात्रा भक्तपुर बहुमुखी क्याम्पसबाट सुरु हुन्छ । २०५५ मा बिबिएस अध्ययनका लागि उक्त क्याम्पस छिरेका उनी सोही वर्ष स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) सदस्यमा निर्वाचित भएका थिए । त्यसपछि उनी सक्रिय रुपमा विद्यार्थी राजनीतिमा लागे । २०५७ मा सोही क्याम्पसको स्ववियू सभापति बने ।

यहीक्रममा खत्री २०६० मा नेविसंघ भक्तपुरको सभापति भए । ०६२/६३ को जनआन्दोलनमा विद्यार्थीको नेतृत्व गरेका उनी २०६४ मा नेविसंघको केन्द्रीय सदस्य बने । यहीक्रममा कांग्रेसको १२ औं महाधिवेशन नजिकियो । जीवन विद्यार्थी राजनीति छोडी पार्टी राजनीतिमा होमिए । १२ औं महाधिवेशनमा भक्तपुर क्षेत्र नम्बर १ को क्षेत्रीय सचिवमा निर्वाचित भए । १३ औं महाधिवेशनमा सोही क्षेत्रको सभापति बने । २०७४ को आम निर्वाचनमा कांग्रेसले उनलाई भक्तपुरको प्रदेश सांसदको उम्मेदवार बनायो । झिनो मतान्तरले पराजित भए तर, आजित भएनन् । राजनीतिलाई निरन्तरता दिए । १४ औं महाधिवेशनमा पुनः क्षेत्रीय सभापतिको रुपमा निर्वाचित भइ आफ्नो राजनीतिक यात्रालाई अघि बढाए । अहिले जनताले उनलाई नगर पिताको रुपमा चुने ।

यो पनि…
‘अब धरान उच्च आदर्श, निष्ठा र अनुशासनका साथ जनहितमा समर्पित हुनेछ’
‘पाँच वर्षमा खाँदबारीलाई नमुना नगरपालिकाको रुपमा देशभर चिनाउँछु’



...
Ashli

Girl no bikiniBreast hurt nipples pregnantSex discrimination attorny's iowaChews asian beaver pornNude pictures of pussyThe orange juice is gaySonic sally tails amy hentaiCounseling sexual exploitation stripping xnxx Are will jada pinkett swingersJames g mitchell and sexual harassment landlordSex with twins storysNaked farm girls fuckingTawnee cock 2009 jelsoft enterprises ltdBottom line health infoBlack cock mature sucking xnxxhub.win Hammer smash dickFable 2 swinger achievementMature horny blacksDog anal gland impactionVintage leather organiserXxx mom mpegsElizabeth kitts nude xnxx Magna cum laude nudeVery mature amatuer nudesIsp sex offender registryKari biren nakedKristin dunst nudeDoolan likes vaginasTv hosts nudeFree gay porn pig Also visit my web blog: web page

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

इटहरी/ कोशी प्रदेशका विवाहित महिलाहरूको सहभागिता रहने प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस पूर्वेली आइकन’ तेस्रो संस्करणको ताज इटहरीकी सृजना राउतले जितेकी

Latest










Popular
Suggested