English

सेयर बजारमा वृद्धि



सेयर बजार निरन्तर तेस्रो कारोबार दिन उकालो लागेर बन्द भएको छ। बिहीबार नेप्से परिसूचक ८.०३ अंक अर्थात ०.३६ प्रतिशत बढेर २२३९.६० विन्दुमा पुगेर बन्द भएको छ।

आज सेन्सेटिभ इण्डेक्स १.३९ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.७१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५६ अंक बढेको छ।

नेप्से सामान्य अंक बढेपनि आज कारोबार रकम भने न्यून रहेको छ। अघिल्लो कारोबार दिन १ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा आज २२२ स्टकको १८ हजार ८०८ पटकको कारोबारमा ८८ करोड ९८ लाख ३४ हजार रुपैयाँ बराबरको २३ लाख २४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा आज मेगा बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको आज ५ करोड ४२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै अरुण काबेली पावरको ४ करोड ४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक ओरालो लागेको छ भने बाँकी ८ उपसमूहको परिसूचक उकालो लागेको छ। यस दिन बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक ०.९८ प्रतिशत बढेको छ भने अन्य उपसमूहको परिसूचक सर्वाधिक ०.८६ प्रतिशत घटेको छ।

यो पनि…
विलासिता वस्तु आयातमा रोक लगाउँदा के असर पर्छ ?
नेपालमा आठ महिनामा तीन करोडको सियो आयात !



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

Latest










Popular
Suggested