English

रौतहटको १६ पालिकामा मतगणना सम्पन्न



१८ वटा स्थानीय तह रहेको रौतहटमा १६ स्थानीय तहको मतगणना सकिएको छ । मतगणनाअनुसार हालसम्ममा कांग्रेसले ६, नेकपा(एस)ले चार, एमालेले दुई, लोसपाले दुई, जसपाले एक र माओवादी केन्द्रले एक पालिकामा जित हात पारेको छ ।

नेपाली कांग्रेसले राजपुर नगरपालिका, कटहरिया नगरपालिका, गढीमाई नगरपालिका, चन्द्रपुर नगरपालिका, परोहा नगरपालिका र माधव नारायण नगरपालिकामा जित हात परेको छ । २०७४ को निर्वाचनमा आठ पालिकामा जित हासिल गरेको कांग्रेसले रौतहटमा यो पटक हालसम्ममा ६ पालिकामा जित हासिल गरेको हो । यसअघि कांग्रेसले जित हासिल गरेको वृन्दावन, दुर्गा भगवती र राजदेवी भने गुमाएको छ ।

यस्तै, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले चार पालिकामा जित हासिल गरेको छ । नेकपा एसले वृन्दावन नगरपालिका, गौर नगरपालिका, बौधीमाई नगरपालिका र राजदेवी नगरपालिकामा विजयी भएको छ ।

यस्तै नेकपा एमालेले देवाही गोनाही नगरपालिका र मौलापुर नगरपालिकामा जित हात पारेको छ । २०७४ को निर्वाचनमा रौतहटबाट क्लिन स्विप भएको एमालेले यो पटक भने हालसम्ममा २ पालिकामा जित हासिल गरेको छ । यसअघि माओवादी केन्द्रले जित हासिल गरेको मौलापुर र संघीय समाजवादी फोरम, नेपालले जित हासिल गरेको देवाही गोनाहीमा एमालेले जित हात पारेको हो ।

यसैगरी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले ईशनाथ नगरपालिका र यमुनामाई गाउँपालिकामा विजयी भएको छ ।

यस्तै, गुजरा नगरपालिकामा जनता समाजवादी पार्टी, नेपालले र दुर्गा भगवती गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले जित हात पारेको छ । २०७४ को निर्वाचनमा तीन पालिकामा जित हासिल गरेको माओवादी केन्द्रले रौतहटमा यो पटक हालसम्ममा एउटा पालिकामा जित हासिल गरेको हो ।

यसअघि माओवादी केन्द्रले जित हासिल गरेको कटहरिया र यमुनामाई भने गुमाएको छ । जिल्लाको १८ मध्ये १६ वटा पालिकाको मतपरिणाम सार्वजनिक भइसकेको छ । फतुवा विजयपुर र गरुडाको मतगणना भने जारी छ ।

यो पनि…
स्थानीय तहको नेतृत्वमा अधिकांश युवा
स्थानीय तह निर्वाचनमा महिलालाई अवसर न्यून



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested