English

७२९ पालिकामा मतगणना सम्पन्न



निर्वाचन आयोगले ७२९ वटा पालिकामा मतगणना सम्पन्न गरेको छ ।

आयोगले गत वैशाख ३० गते एकसाथा सबै ७५३ वटा पालिकामा निर्वाचन गरेको थियो । अब देशका २४ वटा पालिकाको अन्तिम मतपरिणाम आउन बाँकी रहेको छ ।

आयोगका अनुसार मतगणना सम्पन्न भएका पालिकामा सबैभन्दा बढी प्रमुख तथा अध्यक्ष पद नेपाली कांग्रेसका उम्मेदवारले जितेका छन् । त्यसपछि क्रमसः नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेपाल, नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपालले बढी पालिकाको प्रमुख तथा अध्यक्ष जितेका छन् ।

आयोगको पछिल्लो तथ्याङ्कअनुसार मतगणना सम्पन्न भएकामध्ये ३२० पालिकाको प्रमुख तथा अध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी बनेका छन् । मतगणना भइरहेकामध्ये ६ वटा पालिकाको प्रमुख तथा अध्यक्षमा कांग्रेसका उम्मेदवारको अग्रता रहेको छ ।

एमालेका उम्मेदवारले हालसम्म १९९ वटा पालिकाको प्रमुख तथा अध्यक्षमा जित निकालेका छन् । मतगणना भइरहेका पालिकामध्ये ६ वटाको प्रमुख तथा अध्यक्षमा एमालेका उम्मेदवारको अग्रता रहेको छ ।

माओवादी केन्द्रका उम्मेदवार १२० पालिकाको प्रमुख तथा अध्यक्षमा विजयी बनेका छन् । मतगणना भइरहेकामध्ये २ पालिकाको प्रमुख तथा अध्यक्षमा माओवादीका उम्मेदवारले अग्रता कायम गरेका छन् ।

जसपाले हालसम्म २९ वटा पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ । मतगणना भइरहेका पालिकामध्ये ३ वटाको प्रमुख तथा अध्यक्षमा जसपाका उम्मेदवारको अग्रता रहेको छ ।

एकीकृत समाजवादीले १७ वटा पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ । मतगणना भइरहेका पालिकामध्ये २ वटा एकीकृत समाजवादीका उम्मेदवार अगाडि रहेका छन् ।

लोसपाका उम्मेदवारले १५ वटा पालिकाको प्रमुख तथा अध्यक्ष जितेका छन् । मतगणना भइरहेका पालिकामध्ये एउटामा लोसपाको अग्रता रहेको छ ।

आयोगका अनुसार अन्य दल र स्वतन्त्र उम्मेदवार २९ वटा पालिकाको प्रमुख तथा अध्यक्षमा विजयी भइसकेका छन् । मतगणना भइरहेकोमध्ये एउटा पालिकामा स्वतन्त्र उम्मेदवारको अग्रता रहेको छ ।

यो पनि…
स्थानीय तहको नेतृत्वमा अधिकांश युवा
स्थानीय तह निर्वाचनमा महिलालाई अवसर न्यून



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अन्नपूर्ण संरक्षण क्षेत्रमा नयाँ प्रजातिको चरा भेटिएको छ । नयाँ प्रजातिको चरा ‘फुस्रो सारौं’ नाममा अभिलेख गरिएको छ ।

वायु प्रदूषण रोक्न विकसित मुलुकहरूले सवारी साधन, कलकारखाना, उद्योगलगायत विभिन्न क्षेत्रमा विशेष मापदण्डहरू तोकी एक्युआई अर्थात् एयर क्वालिटी इन्डेक्समा उत्तम

‘तपाई जति प्रकृति नजिक पुग्नु हुन्छ, प्रकृति त्यति नै तपाई नजिक आइपुग्छ’, यो भनाई हङकङका नेपाली व्यवसायी राज गुरुङलाई ठ्याक्कै

एक साँझ हामी सूर्यास्त अवलोकन गर्न हेग शहरको अत्याधिक प्रसिद्ध समुन्द्रतट स्केभनिनगन गएका थियौँ । हाम्रो टोलीमा इटाली, फ्रान्स, नर्वे,