English

करिब १७ महिना यताकै न्यून विन्दुमा झर्यो सेयर बजार



गत साताको बिहीबारदेखि ओरालो लागेको सेयर बजार यस साताको पहिलो कारोबार दिन ३४.२१ अंक अर्थात १.५३ प्रतिशत घटेर २२००.८८ विन्दुमा झरेको छ। यस अघि २०७७ पुस २३ गते नेप्से २१९४.४८ विन्दुमा रहेको थियो।

आज सेन्सेटिभ इण्डेक्स ५.६९ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.४६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.०३ अंक घटेको छ। आज २२४ स्टकको २८ हजार ५०६ पटकको कारोबारमा १ अर्ब ३६ करोड ९५ लाख १३ हजार रुपैयाँ बराबरको ३९ लाख १७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा आज नबिल बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको ४ करोड १५ लाख ९ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, आज अरुण भ्याली हाइड्रोपावर र नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड ८५ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ।

सोमबार १३ वटै उपसमूहको परिसूचक घटेका छन्। जसमध्ये वित्त, होटल तथा पर्यटन, जलविद्युत, लगानी र जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेका छन् भने बैंकिङ्ग, विकास बैंक, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेका छन्।

यो पनि…
विलासिता वस्तु आयातमा रोक लगाउँदा के असर पर्छ ?
नेपालमा आठ महिनामा तीन करोडको सियो आयात !



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested