दोहोरो अङ्कले घट्यो सेयर बजार



पहिलो पटक शुक्रवार खुलेको सेयर बजार १५ अङ्कभन्दा धेरैले घटेको छ । आज सेयर बजार परिसूचक नेप्से १५ .८२ अङ्कले घटेर दुई हजार दुई सय ३५ .९ विन्दुमा झरेको छ ।

आज म्युचल फन्डबाहेक सबै समूहको सेयर घटेकोमा बीमा, व्यापार, अन्य, विकास बैंक, उत्पादन समूहको शेयर धेरै अङ्कले ओरोलो लागेको छ ।

त्यस्तै, आज कारोबार रकम पनि घटेको छ । दुई सय २३ कम्पनीका २५ लाख २४ हजार कित्ता सेयर ९३ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै अरुण काबेली पावर लिमिटेडको तीन करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

आज सबैभन्दा धेरै तेह्रथुम पावर कम्पनीको सेयर झन्डै पाँच प्रतिशतले घटेको छ । समग्र बजार घटे पनि समुदायिक लघुवित्त, श्री इन्भेस्टमेन्ट फाइनान्स र लक्ष्मी लघुवित्तको शेयर दुई प्रतिशतभन्दा धेरैले घटेको छ ।

गएको वैशाख १३ गतेको मन्त्रिपरिषद्को बैठकले शनिवार र आइतवार गरी हप्तामा दुई दिने बिदा निर्णय गरेपछि शेयर बजार अब सोमवारदेखि शुक्रवारसम्म खुल्ने भएको हो ।

यो पनि…
विलासिता वस्तु आयातमा रोक लगाउँदा के असर पर्छ ?
नेपालमा आठ महिनामा तीन करोडको सियो आयात !



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

१९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपाल भारतसँग पराजित भएको छ । मंगलबार बिहान झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफेङ क्रिकेट

विश्वकै सबैभन्दा पुरानो जात्राको रूपमा मानिने ‘इन्द्रजात्रा’ का विषयमा विभिन्न किंवदन्ती प्रचलित छ । एउटा भनाइअनुसार वर्षा राम्रोसँग सम्पन्न भई

प्रिय, ओ प्रियभन किन बुझी दिएनौं, यो मन, भनभन किन बुझी दिएनौं, भन किन बुझिदिएनौ प्रिय, ओ प्रिय . .

काठमाडौं उपत्यकामा मनाइने प्रसिद्ध जात्रा इन्द्रजात्राको अवसरमा राजधानीको नेपाल आर्ट काउन्सिलमा शुक्रबार ‘हाम्रो राम्रो उपत्यका’ नामक कला प्रदर्शनी गरियाे ।