English

उपियाँबाट छुट्कारा पाउने घरेलु उपाय



उपियाँ प्राणीको रगत खाएर बाँच्ने परजिवी हो । उपियाँ यदि घरमा एक पटक आयो भने यसबाट छुट्कारा पाउन मुस्किल हुन्छ । किनभने उपियाँले आफ्नो जीवनकालमा लगभग पाँच सय अण्डा पार्छ । जसकारण यसबाट छुटकारा पाउन एकदमै गाह्रो हुन्छ ।

यो लेखमा यदी घरमा उपियाँ आयो भने यसबाट कसरी छुट्कारा पाउने भन्ने बिषयमा केही घरेलु उपायहरुको जनकारी दिदैछौ ।

पुदिनाको पात

पुदिनाको गन्ध उपियाँलाई मन पर्दैन । पुदिनाको पातलाई उपियाँ भएको स्थानमा दैनिक फेरबदल गरेर राख्ने गर्नुहोस् । यसरी राख्दा उपियाँ पुदिनाको गन्धले मर्छ । तपाईले पुदिनाको पातको रस बनाएर स्प्रेको रुपमा पनि प्रयोग गर्न सक्नुहुन्छ ।

रातो खुर्सानी

रातो खुर्सानी उपियाँ मार्ने एउटा उत्तम उपाय हो । एक चम्चा रातो सुर्खानीको धुलो, अदुवा, ज्वनोको तेल र एक कप पानीको मिश्रण बनाउनुहोस् । यसको रस छानेर निकाल्नुहोस् । उक्त झोललाई दैनिक ३ देखि ४ पटक उपियाँ भएको स्थानमा स्प्रे गर्नुहोस् । यसरी हप्तादिन स्प्रे गरेमा तपाईले उपियाँबाट छुट्कारा पाउन सक्नु हुन्छ ।

नीमको तेल

एक ठुलो चम्चामा नीमको तेल, एक कप पानी र आधा चम्चा सर्फ पाउडर लिनुहोस् । तेल, पानी र सर्फको मिश्रण बनाउनुहोस् । यो मिश्रणलाई स्प्रेको बोतलमा राखेर दैनिक उपियाँ भएको स्थानमा स्प्रे गर्नुहोस् । यसरी तपाईले सधैका लागि उपियाँबाट छुट्कारा पाउनु सक्नुहुन्छ । नीममा एन्टिव्याक्टेरियल गुण भएका कारणले किरालाई मार्न मद्दत गर्छ ।

रबिंग राक्सी

९० प्रतिशत अल्कोेहलको मात्रा भएको रबिंग राक्सी स्प्रे बोतलमा राख्नुहोस् । तपाईले उपियाँ भएको स्थानमा दैनिक ३–४ पटक स्प्रे गर्नुहोस् । अल्कोेहलका कारणले उपियाँको सेल्स मर्दै जान्छ र उपियाँवाट चाडै नै छुटकारा हुन्छ ।

स्टीम गर्ने

स्टीम गर्न तपाईले मेसिन खरिद गर्न पनि सक्नुहुन्छ । जुन मेसिनले स्टिम उत्पादन गर्दछ । यदी खरिद गर्न सकिदैन भने एउटा लचिलो ट्यूब जडान गरी एउटा समान्य केट्लीलाई स्टीम मेसिन बनाउन पनि सकिन्छ । यसको सहयताले उपियाँ रहेको क्षेत्रमा स्टिम गर्नसकिन्छ । यो स्टिमले उपियाँको अण्डा मार्छ र उपियाँको संख्या घट्दै जान्छ ।

किटनाशक

उपियाँ फर्निचर, ओछ्यान, सिरक र डस्नामा बस्न रुचाउने परजीवीमा पर्छ । यसबाट छुट्कारा पाउन तपाईले किटनाशक औषधिको पनि प्रयोग गर्नसकिन्छ । यस्ता औषधिहरु एग्रोभेटमा सजिलै पाउन सकिन्छ ।



सम्बन्धित खबरहरु

प्लाष्टिकको प्रयोग घटाउन कपडाको झोला बनाउने तालिम बढ्दो प्लाष्टिकको प्रयोग न्यूनीकरण गर्ने उद्धेश्यले बाँकेको कोहलपुर नगरपालिकामा महिलाहरुका लागि कपडाको झोला

मार्च ४, २०२५ मा विश्व बजारमा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिज अन्तर्गतको नथिङ फोन थ्रि ए नेपाली बजारमा

काठमाडौं । नेपालमा बहुप्रतिक्षित टाटाको पन्च इभी एकैपटक चार शहरमा चितवन, पोखरा, बुटवल र भैरहवामा लन्च भएको छ । धेरैको

नेवार समुदायले मनाउने यःमरि पुन्हि अर्थात योमरी पूर्णिमा र ज्यापु दिवस आज मुलुकभर उल्लासका साथ मनाईदैछ । हरेक वर्ष धान्य

Latest










Popular
Suggested