English

घर सजाउने सजिलो तरिका



घर सजाउने रहर त कसलाई पो हुँदैन र ? घरलाई सफा, चिटिक्क, मिलेका फर्निचर, आकर्षक सजावट बनाउनु सबैको रहर हुन्छ । तर यो रहरलाई पूरा गर्न खर्च पनि हुन्छ । घर सजाउनका लागि समय र पैसा दुवै चाहिन्छ । त्यस्तैमा एक हो घरको सजावट । तर, यी कुराहरूमा ध्यान दिनुभयो भने घर सजाउने तपाईंको रहर पूरा गर्न सक्नुहुनेछ ।

प्लेटको प्रयोग

प्लेटको प्रयोग खाना खानुबाहेक घरको भित्ताहरू सजाउनका लागि पनि गर्न सक्छौँ । घरमा भएका प्लेटहरूलाई स्ट्यान्ड अथवा स्टोरमा थन्काउनुभन्दा घरको खाली भित्तामा वायर प्लेट ह्याङ्गरको सहायताले टाँग्न सकिन्छ । तपाईंको सानो मेहनतले घरको खाली भित्ता सुन्दर र आकर्षक देखिन्छ ।

बिरुवाको प्रयोग

प्राकृतिक कुराले सबैलाई लोभ्याउँछ । घरमा विभिन्न किसिमका रुखविरुवाले सजावट गर्न सकिन्छ, जसले घरलाई आकर्षक त देखाउँछ नै तपाईंको स्वस्थको लागि पनि लाभदायक हुन्छ ।

भित्तामा पेन्टिङ

आफ्नो घरको भित्तामा विभिन्न किसिमका डिजाइन बनाउन सक्नुहुन्छ । डिजाइन बनाउने भनेर घरको सबै भित्तामा बुट्टाहरू राख्नु हुँदैन । यसले कोठा झन् फोहोर देखिन्छ । त्यसैले घरको कुनै एक अथवा दुई वटा भित्ताहरूमा मात्र हल्का डिजाइन बनाउनुपर्छ । यसले तपाईंको घरलाई आकर्षक बनाउँछ ।

बत्तीको प्रयोग

घरमा आवश्यक अनुसार बत्ती राख्नुपर्छ । आवश्यकभन्दा बढी अथवा कम बत्तीले घरको सुन्दरतामा नकारात्मक असर पुर्याउँछ । तपाईं थाकेर आउँदा आराम गर्ने ठाउँको बत्तीले आँखालाई शान्ति दिने हुनुपर्छ । त्यसैले बत्तीको प्रयोग सोचेर गर्नुस् ।

यो पनि…
घरमा रोप्नुहोस् यी औषधीय गुण भएका बिरूवाहरू
पुरानो सामानबाट नयाँ सजावट



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

Latest










Popular
Suggested