English

जन्तीलाई ढिलो खाना आएपछि भयो हंगामा



भारतको बिहारमा रहेको पूर्णिया जिल्लामा दुलहीको घरमा गएको जन्तीलाई खाना पस्किन ढिलो भएपछि रिसाएका दुलाहा विवाह समारोह छोडेर भागेका छन् ।

बतौना गाउँको ईश्वरी टोलामा राजकुमार उरावँ विवाहका लागि पुगेका थिए । जन्ती दुलहीको घर पुग्दा विभिन्न रीतिरिवाज गर्न थालियो ।

कर्मकाण्ड चल्दै गर्दा जन्तीलाई खाना खुवाउन ढिलाइ भएको थियो । त्यसले गर्दा दुलाहा, उनका पिता र साथीहरू रिसाए ।

विवाह नै नगरी दुलाहा फर्किए । दुलही पक्षले उनलाई फकाउन धेरै कोसिस गरेको भए पनि उनीहरू रोकिएनन् । दुवै पक्षबिच कुरा मिलाउनका लागि धेरै पटक वार्ता भयो तर कुरा झनै बिग्रियो ।

दुलाहाका पिताले ढिलो गरी खाना आएको रिसमा खानाको खर्च र बाइकसँगै दाइजोमा आएका अन्य कुरा पनि दुलही पक्षलाई फर्काइदिए । घटनापछि दुलहीकी आमाले कस्बा प्रहरी चौकीमा दुलाहा र उसका पिताविरुद्ध उजुरी दायर गरेकी छन् ।

उजुरी दर्ता भएपछि दुलाहाका पिताले बिहेमा भएको खर्च फर्काए । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

यो पनि…
मानिसको जस्तै ओठ भएको एलियन जीव
सबैभन्दा पुरानो यो जीवबारे वैज्ञानिक नै छक्क



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,