English

जन्तीलाई ढिलो खाना आएपछि भयो हंगामा



भारतको बिहारमा रहेको पूर्णिया जिल्लामा दुलहीको घरमा गएको जन्तीलाई खाना पस्किन ढिलो भएपछि रिसाएका दुलाहा विवाह समारोह छोडेर भागेका छन् ।

बतौना गाउँको ईश्वरी टोलामा राजकुमार उरावँ विवाहका लागि पुगेका थिए । जन्ती दुलहीको घर पुग्दा विभिन्न रीतिरिवाज गर्न थालियो ।

कर्मकाण्ड चल्दै गर्दा जन्तीलाई खाना खुवाउन ढिलाइ भएको थियो । त्यसले गर्दा दुलाहा, उनका पिता र साथीहरू रिसाए ।

विवाह नै नगरी दुलाहा फर्किए । दुलही पक्षले उनलाई फकाउन धेरै कोसिस गरेको भए पनि उनीहरू रोकिएनन् । दुवै पक्षबिच कुरा मिलाउनका लागि धेरै पटक वार्ता भयो तर कुरा झनै बिग्रियो ।

दुलाहाका पिताले ढिलो गरी खाना आएको रिसमा खानाको खर्च र बाइकसँगै दाइजोमा आएका अन्य कुरा पनि दुलही पक्षलाई फर्काइदिए । घटनापछि दुलहीकी आमाले कस्बा प्रहरी चौकीमा दुलाहा र उसका पिताविरुद्ध उजुरी दायर गरेकी छन् ।

उजुरी दर्ता भएपछि दुलाहाका पिताले बिहेमा भएको खर्च फर्काए । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

यो पनि…
मानिसको जस्तै ओठ भएको एलियन जीव
सबैभन्दा पुरानो यो जीवबारे वैज्ञानिक नै छक्क



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

Latest










Popular
Suggested