English

तङ्ग्रिदै पर्यटन क्षेत्र



नेपालको प्रमुख पर्यटकीय क्षेत्र सौराहामा बाह्य पर्यटकको चहलपहल देखिन थालेपछि व्यवसायी उत्साहित भएका छन् । कोरोना भाइरस संक्रमण जोखिमका कारण सुस्ताएको पर्यटन क्षेत्र अहिले पूर्ववत् अवस्थामा फर्कने अनुमान गरिएको छ ।

कोरोना भाइरस संक्रमणको जोखिम न्यून हुँदै गएपछि गोष्ठी, सभा, सम्मेलनजस्ता कार्यक्रमले समेत ठूला होटल भरिन थालेका छन् । लामो समयपछि युरोपियन पर्यटक आउन सुरु गरेका हुन् ।

‘भारतीय पर्यटकको बुकिङ् पनि राम्रो छ’, क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष दीपक भट्टराईले भने, ‘विगतका वर्षमा यो बेला ९० प्रतिशतसम्म होटलका कोठा बुकिङ हुने गरेको थियो । यस वर्ष १५ प्रतिशत हाराहारी कोठा भरिन थालेका छन् ।’ सभा, सम्मेलनका ठूला होटल बुकिङ हुन थालेको उनको भनाइ छ ।

‘यतिबेला यहाँको होटलमा विदेशी पर्यटक ८० प्रतिशत हुने गर्दथ्यो । तीमध्ये चिनियाँ पर्यटक मात्रै ५० प्रतिशत हुने गर्दथे’, उनले भने, ‘अहिले विदेशी पर्यटक आउन थालेका छन् । त्यो नै खुसीको कुरा हो ।’ पर्यटकको सोधपुछ निकै बढेको भट्टराइको भनाइ छ ।

जंगल सफारी लजका सञ्चालक सुमन घिमिरेका अनुसार जर्मन, हल्याण्ड, इजरायललगायत देशका पर्यटक आउन थालेका हुन । ट्रेकिङका लागि नेपाल आएका उनीहरू सौराहा घुम्न आएको उनको भनाइ छ । सोधपछ निकै बढेकाले आउने अक्टोबरबाट पर्यटकीय क्षेत्र पूर्ववत् अवस्थामा फर्कने घिमिरेको अनुमान छ ।

‘धेरै समयपछि छिटफुट रूपमा विदेशी पर्यटक देखिएका छन् । हिजोआज कहिलेकाहीँ समूहमै आउने गरेका छन्’, उनले भने, ‘कोरोना भाइरस संक्रमण जोखिम बढेसँगै सौराहामा न्यून मात्रामा विदेशी पर्यटक आएका छन् ।’ क्षेत्रीय होटल संघ चितवनका निर्वतमान अध्यक्षसमेत रहेका घिमिरेले सन् २०२३ मा नेपालमा पर्यटकको आगमन निकै राम्रो हुने अनुमान रहेको बताए ।

सामुदायिक वनमा हात्ती चढ्न विदेशी पर्यटक जान थालेका छन् । हात्ती व्यवस्थापन गर्दै आएका युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारीले विदेशी पर्यटक हात्ती चढ्न आउन थालेको बताए । सो सहकारीअन्तर्गत ३१ वटा हात्ती छन् ।

तीमध्ये २० देखि २५ वटाले दैनिक काम पाउन थालेका छन् । नेपाली, भारतीय र तेस्रो मुलुकका पर्यटक आउन थालेको उनको भनाइ छ । बाघमारा मध्यवर्ती सामुदायिक वनमा पर्यटकका लागि मचानमा बस्ने सुविधासँगै हात्ती र ढुङ्गा सफारीको व्यवस्था छ ।

नेपालको प्रमुख पर्यटकीय क्षेत्र सौराहामा बाह्य पर्यटकको चहलपहल देखिन थालेपछि व्यवसायी उत्साहित भएका छन् । कोरोना भाइरस संक्रमण जोखिमका कारण सुस्ताएको पर्यटन क्षेत्र अहिले पूर्ववत् अवस्थामा फर्कने अनुमान गरिएको छ ।

समितिका अध्यक्ष जीतबहादुर तामाङ्ले विदेशी पर्यटक आउन थालेको बताए । उनले, ‘पर्यटक आउन थालेपछि हामीलाई उत्साह थपिएको छ ।’ व्यवसायी अब पर्यटन क्षेत्र पूर्ववत् अवस्थामा फर्कने अपेक्षामा रहेको उनको भनाइ छ ।

सौराहाका कतिपय होटलले स्वदेशीको सभा सम्मेलन राम्रो हुन थालेको बताएका छन् । होटल जङ्गल क्राउनका प्रमुख कार्यकारी अधिकृत सन्तोष गिरीले शुक्रबार र शनिबारका लागि कार्यक्रम लिन नसकेको बताए । धेरै कार्यक्रम जुधेका कारण व्यवस्थापनमा कठिन भएको उनको भनाइ छ ।

कोभिडका कारण रोकिएका कार्यक्रम हुन थालेको बताइएको छ । सौराहामा मुख्य रूपमा पर्यटक घुम्न आउने गर्दछन् । यसका अतिरिक्त ठूला सभा सम्मेलनसँगै विवहाका लागि पनि यहाँ आउने गर्दछन् । कम मूल्यदेखि महंगा कोठा आफ्नो क्षमता अनुसार लिन सकिने भएकाले सौराहा सबैको रोजाइ हुने गरेको छ ।

देशको मध्यभागमा पर्ने भएकाले पनि यहाँ ठूला संघ संस्थाले तालिम, सभा सम्मेलन गर्ने गर्दछन् । मुख्यरूपमा भारतीय विवाहका लागि आउने गर्दछन् । दुईवटा होटलमा दुलाहादुलहीको परिवार राखेर विवाह गर्ने गर्दछन् । ती प्रयोजनका लागि आउनेहरू पर्यटकीय गतिविधिमासमेत रमाउन पाउने हुँदा सौराहा रोजाइँ हुने गरेको होटल व्यवसायी माधव दुवाडीले बताए ।

चितवन राष्ट्रिय निकुञ्जभित्र दुर्लभ वन्यजन्तु हेर्न र यहाँका संस्कृतिमा रमाउन पर्यटक आउने गर्दछन् । सौराहामा १२० होटल छन् । ती होटलमा पाँच हजार पाँच सयसम्म पर्यटक राख्न सक्ने क्षमता रहेको छ । पछिल्ला वर्षमा होटलमा ठूलो लगानी भएको व्यवसायी बताउँछन् ।

यो पनि
गुँदाला भोजोला तालमा पर्यटकको आकर्षण बढ्दै



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

मान्छेका विभिन्न रुचि हुन्छन्, त्यसमध्ये पुराना नोट, सिक्काको संकलन पनि एक हो । कतिपयले त यसैलाई आफ्नो पेशा नै बनाएका

शनिवारको दिन बाहिर कतै गएर मूड फ्रेस गर्ने मन कसलाई पो हुँदैन र ? तर घुम्न कता जाने भन्ने समस्या

अहिले होली पर्वलाई भाङ खाने, मदिरापान गर्ने, होहल्ला गर्ने गरेर मनाउन थालिएको छ । यसले यो पर्वको महत्वलाई भुलाउदै नराम्रो