English

कांग्रेसका ३ महासमिति सदस्यसहित ८ जनामाथि कारबाहीको सिफारिस



स्थानीय तहको निर्वाचनमा पार्टीको उम्मेदवारलाई पराजित गर्न भूमिका खेलेको भन्दै नेपाली कांग्रेस निजगढ र कोल्हबीले कार्यकर्तामाथि काराबाही गर्न पार्टीको केन्द्रीय अनुशासन समितिमा सिफारिस गरेको छ ।

स्थानीय तहको निर्वाचनमा पार्टीको उम्मेदवारलाई पराजित गर्न भूमिका खेलेको भन्दै नेपाली कांग्रेस निजगढ नगर समितिले तीनजना महासमिति सदस्यसहित सात जना नेता कार्यकर्तामाथि काराबाही गर्न पार्टीको केन्द्रीय अनुशासन समितिमा सिफारिस गरेको हो ।

नगर समितिले महासमिति सदस्यहरू शम्भुबहादुर बुढाथोकी, पदमबहादुर भण्डारी, महेशी कुँवर, जिल्ला कार्यसमितिका सदस्य कृष्णप्रसाद खरेल, महाधिवेशन प्रतिनिधि रामकुमारी गोले, बारा क्षेत्र नम्बर( १ क्षेत्रीय समितिका सहसचिव प्रदिपकुमार उप्रेती र जिल्ला कार्यसमितिका पूर्वसदस्य रामचन्द्र जैसवाललाई कारबाही गर्न सिफारिस गरेको हो ।

उनीहरूमाथि गत स्थानीय निर्वाचनमा निजगढ नगरपालिकामा पार्टीको तर्फबाट प्रमुख पदका उम्मेदवार सुरेश खनाललाई हराउन भूमिका खेलको आरोप लगाइएको छ । नगर कार्यसमितिले पार्टीको उम्मेदवार हराउने भूमिका खेल्नेहरुलाई प्रमाणसहित कारबाहीको लागि केन्द्रीय अनुशासन समितिमा सिफारिस गर्ने निर्णय गरेको निजगढ नगर सभापति नवराज तिमल्सिनाले जानकारी दिए ।

नेकपा माओवादीसँग गठबन्धन गरेर निर्वाचनमा उत्रिएका निवर्तमान मेयरसमेत रहेका खनाल नेकपा एमालेका उम्मेदवार सुरथ पुरीसँग पराजित भएका थिए भने गठबन्धनबाट उपमेयर पदका उम्मेदवार माओवादीका रवि दङ्गाल पनि एमालेकी सोममाया थिङ्गसँग पराजित भए ।

नगरप्रमुख पदमा पराजित बने पनि कांग्रेसले निजगढमा यो निर्वाचनमा ८ वटामा वडा अध्यक्ष पद जितेको छ । यसअघि कांग्रेसले निजगढका ५ वटा वडामा मात्रै जित हात पारेको थियो ।

त्यसैगरी नेपाली कांग्रेश कोल्हबीले पनि वडा नम्बर १ मा पार्टीबाट वडा अध्यक्षका उम्मेदवार त्रियोगी राउत थारुलाई अन्तर्घात गरेर हराएको भन्दै नगर सभापति विरेन्द्रप्रसाद चौधरीलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ ।

कोल्हबीका कांग्रेस कार्यकर्ता भेलाले कांग्रेस नगर सभापति विरेन्द्र र उनका छोरा नेविसंघको आदिवासी जनजाति संयोजक समिर चौधरीलाई पार्टीका उम्मेदवार राउत थारुलाई अन्तर्घात गरेर हराएको आरोपमा साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने निर्णय गरेको हो ।

नगरपालिकाको वडा नम्बर १ बाट नेकपा एमालेका उम्मेदवार राजहरण चौधरी विजयी बनेपछि कांग्रेसभित्र अन्तर्घातको बहश सुरु भएको हो ।

यो पनि…
यस्तो थियो लौहपुरुष गणेशमान सिंहको लाइफस्टाइल
दलहरुले बदल्न सक्लान् त बुटवल ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

Latest










Popular
Suggested