English

पाँच महिनादेखि भैरहवा भन्सार आयातमा गिरावट



नेपाल राष्ट्र बैंकले अनिवार्य लागु गरेको प्रतित पत्र र विभिन्न वस्तुको आयातमा लगाएको पूर्ण बन्देजका कारण भैरहवा भन्सार कार्यालयले लक्ष्य पार गर्न सकस भएको छ । भन्सार आयातमा भएको कडाइले भैरहवा भन्सार कार्यालयमा लगातार पाँच महिनादेखि आयातमा गिरावट आएको छ ।

आर्थिक वर्ष २०७८/०७९ को सुरुवातबाट राजश्व संकलनमा लक्ष्य पार गर्दै आएकोे कार्यालयले गत पुसबाट लक्ष्यअनुसारको राजश्व संकलन गर्न सकेको छैन । गत ५ पुसबाट लागु हुने गरी नेपाल राष्ट्र बैकले १८ वटा शीर्षकका विलासिताका वस्तुहरूको आयातमा अनिवार्य प्रतित पत्र (एल.सी.) खोलेर शतप्रतिशत र दुई वटा शीर्षकमा ५० प्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेसँगै आयातमा कमि हुदै आएको हो । लक्ष्यअनुसारको राजश्व संकलन गर्न नसक्दा यस्को प्रभाव वार्षिक लक्ष्यमा पर्ने देखिएको छ ।

कार्यालयले गत पुसमा ८७ दशमलव १३, माघमा ७१ दशमलव ५८, फागुनमा ७६ दशमलव ४५ , चैतमा ७३ दशमलव ९६ र वैशाखमा ७४ दशमलव ४३ प्रतिशत मात्र राजश्व संकलन गरेको छ ।

वैशाखबाट थप केही वस्तुको आयात पूर्ण रूपमा बन्देज लगाएपछि यसको असर पनि लक्ष्य प्राप्तिमा पुग्नेछ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले १३ वैशाखबाट १० वटा शिर्षकको आयातमा पूर्ण बन्देज लगाएको नेपाल राजपत्रमा उल्लेख छ । पूर्ण बन्देज लगाएको वस्तुमध्ये अधिकांश शिर्षकका वस्तु स्थलमार्गबाट नआइ हवाई मार्गबाट आउने गरेको छ ।

पैठारी पूर्ण बन्देजभएको बस्तुहरू कुरकुरे, लेज लगायतका वस्तु, सबै प्रकारका तयारी मदिरा, चुरोट तथा सुर्तीजन्य वस्तु, हिरा, मोबाइल सेट, ३२ इन्चभन्दा ठूला रंगीन टिभी, जिप कार भ्यान, २५० सीसी माथिको मोटरसाइकल, सबै प्रकारको खेलौना र खेल्ने तास रहेको छ ।

यी वस्तुमध्ये भैरहवा भन्सारबाट पैठारी हुने आयातलाई असर गर्ने वस्तु जिप कार भ्यान र मोटरसाइकल हो, यी वस्तुमा आयातमा पूर्ण बन्देज लगाए पनि प्रावधान जारी भएको मिति अगावै बैकिङ पैठारी प्रक्रिया गरेका वस्तुबाट आयात भएकोले हालसम्म खासै असर परेको छैन । आयात गर्ने कम्पनीहरूले सूचना जारी पहिलै नै बैकिङ प्रक्रियामा गएकोले अहिले भने पूर्ण बन्देजको असर परेको छैन, जिप कार भ्यान र मोटरसाइकलबाट कार्यालयले राजश्व संकलनमा ठूलो योग्दान पाउने गरेको छ ।

भन्सार कार्यालयले आवको वैशाख मसान्तसम्म कुल १ खर्ब ७ अर्ब १९ करोड ४५ लाख रुपैयाको लक्ष्य लिएकोमा वैशाख महिनामा ७४ दशमलव ४३ प्रतिशत अर्थात ७ अर्ब ५५ करोड ६६ लाख रुपैया मात्र राजस्व असुली गर्न सकेको भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी तिर्थराज पासवानले जानकारी दिए ।

कार्यालयलाई आव २०७८/७९का लागि विभागले १ खर्ब २७ अर्ब ४२ करोड ६८ लाख वार्षिक लक्ष्य दिएको छ । अबको २ महिनामा लक्ष्य पार नहुने लगभग निश्चित छ, हालसम्मको राजश्व संकलनको तथ्यांकअनुसार वार्षिक लक्ष्यको ७७ दशमलव २१ प्रतिशत मात्रै राजश्व संकलन भएको छ । गत आर्थिक वर्षमा कार्यालयले लक्ष्य भन्दा १३ प्रतिशत बढी राजश्व संकलन गरेको थियो ।

कार्यालयका सूचना अधिकारी तिर्थराज पासवानका अनुसार, साउनदेखि हरेक महिना १० अर्बको हराहारीमा लक्ष्य थियो । नेपाल राष्ट्र बैंकले विलासिताका वस्तुहरूको आयातमा कडाई गरेको छ, त्यसको असर हो ।

दैनिक ६–७ सय मालवाहक गाडी जाँच पास हुँदै आएको भैरहवा भन्सार कार्यालयमा अहिल २ सयको हाराहारीमा आयात भइरहेको छ । कार्यालयले सवारीसाधान, टायल मार्वल, एमएस विलेट, डिजेल, पेट्रोल, कोइला, मोबाइल फोन, पोलिथीन दाना, जर्दा खैनी, ग्लासलगायतका वस्तुबाट बढी राजश्व संकलन गरिरहेको थियो ।

पछिल्लो समय विलासी वस्तुको खरिदमा विदेशी मुद्रा धेरै खर्च भएकोले र आन्तरिक उत्पादन कम भएकोले देश भित्रको विदेशी मुद्राको संचितीलाई सन्तुलनमा राख्न नेपाल राष्ट्र बैंकले कडाई गर्दै आएको छ ।

यो पनि…
नेपालमा आठ महिनामा तीन करोडको सियो आयात !
कृषिप्रधान देश : आठ महिनामा ३७ अर्ब रुपैयाँको धान-चामल आयात



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

स्विट्जरल्यान्डमा भएको जेनेभा मोटर सोमा चिनियाँ बिवाइडी ब्रान्डका दुईवटा मोडलका गाडी टप थ्रीमा परेका छन् । ‘वल्र्ड कार अवार्ड २०२४’ का

छालामा देखिने धेरै किसिमका समस्याहरूलाई हामी नजरअन्दाज गर्दै आएका छौँ । तर मौसममा परिवर्तन आउने बित्तिकै शरीरमा पर्ने पहिलो प्रभाव

दिमागको रक्तनली बन्द हुनु अथवा नली फुटेर रगत बाहिर बग्नुलाई मस्तिष्कघात अथवा स्ट्रोक भनिन्छ । यस्तो अवस्थामा शरीरको आधा भागलाई

हेल्मेट मोटरसाइकल चालकको टाउकोको सुरक्षा कवच हो । बजारमा स्टाइलिस मोटरसाइकल मात्र होइन, स्टाइलिस हेल्मेटको क्रेज पनि उत्तिकै छ ।