महानगरपालिकामा गठबन्धनका दलबीच एकअर्कालाई धोकाधढी



स्थानीय निर्वाचनमा पाँच दलीय गठबन्धनले देशका ६ वटा महानगरपालिकामा भागबण्डा मिलाएर उम्मेदवारी दिएका थिए ।

महानगरपालिकामा जित सुनिश्चित गर्न सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा), नेपालले गठबन्धन गरेका थिए । गठबन्धनमा सत्तामा सहभागी नभएको राष्ट्रिय जनमोर्चा पनि सहभागी थियो ।

गठबन्धनमा रहेका दलमध्ये कांग्रेसलाई काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिकाको प्रमुख, माओवादीलाई भरतपुर महानगरपालिकाको प्रमुख, एकीकृत समाजवादीलाई पोखरा महानगरपालिकाको प्रमुख र जसपालाई वीरगन्ज महानगरपालिकाको प्रमुख भाग लगाइएको थियो ।

यस्तै, कांग्रेसको भागमा वीरगन्ज, पोखरा र भरतपुरको उपप्रमुख, माओवादीको भागमा ललितपुरको उपप्रमुख, एकीकृत समाजवादीको भागमा काठमाडौंको उपप्रमुख र जसपाको भागमा विराटनगरको उपप्रमुख परेको थियो ।

गठबन्धनले सहमतिअनुसार उम्मेदवारी दिए र गत वैशाख ३० गते निर्वाचन सम्पन्न भइसकेको छ । अहिले निर्वाचनको परिणामहरू आउन थालेको छ ।

हालसम्मको मतगणनाले गठबन्धन गरी उम्मेदवारी दिइएको महानगरपालिकाहरूमा गठबन्धनका दलहरू एकआपसमा इमान्दार नभएको देखाएको छ । हरेक महानगरपालिकाको प्रमुख र उपप्रमुखमा गठबन्धनका दुई भिन्न दलका उम्मेदवार रहेका थिए तर उनीहरूले प्राप्त गरेको मतमा भने निकै ठूलो अन्तर देखिएको छ ।

काठमाडौं महानगरपालिकामा कांग्रेसले प्रमुखमा सिर्जना श्रेष्ठ र एकीकृत समाजवादीले उपप्रमुखमा रामेश्वर श्रेष्ठलाई उठाएको थियो । हालसम्मको मतगणनाअनुसार सिर्जनाले ५ हजार ११४ मत प्राप्त गरेकी छन् भने रामेश्वरले ३ हजार ४८ मत प्राप्त गरेका छन् ।

काठमाडौं महानगरपालिकामा समान मत गणना हुँदा सिर्जनकोभन्दा रामेश्वरले २ हजार ६६ कम मत प्राप्त गरेका छन् ।

ललितपुर महानगरपालिको प्रमुखमा कांग्रेसले चिरीबाबु महर्जन र उपप्रमुखमा माओवादीले बाबुराजा बज्राचार्यलाई उठाएको थियो । हालसम्मको मतगणनाअनुसार चिरीबाबुले ७ हजार २१७ मत र बाबुराजाले २ हजार २९२ मत प्राप्त गरेका छन् ।

ललितपुर महानगरपालिकामा समान मतगणना हुँदा चिरीबाबुलेभन्दा बाबुराजाले ४ हजार ९२५ कम मत प्राप्त गरेको देखिन्छ ।

पोखरा महानगरपालिकाको प्रमुखमा एकीकृत समाजवादीले धनराज आचार्य र उपप्रमुखमा कांग्रेसले कोपिला रानाभाटलाई उम्मेदवार बनाएको थियो । हालसम्मको मतगणनाअनुसार धनराजले ९ हजार १६५ र कोपिलाले ९ हजार ४६१ मत प्राप्त गरेका छन् ।

पोखरा महानगरपालिकामा उपप्रमुखकी उम्मेदवार कोपिलाले भन्दा प्रमुखका उम्मेदवार धनराजले २९६ मत प्राप्त गरेका छन् । अन्य महानगरपालिकाको तुलनामा पोखरामा प्रमुख र उपप्रमुखले प्राप्त गरेको मत भिन्नता भने निकै साँघुरो रहेको छ ।

भरतपुर महानगरपालिकाको प्रमुखमा माओवादीले रेनु दाहाल र उपप्रमुखमा कांग्रेसले चित्रसेन अधिकारीलाई उठाएको थियो । हालसम्मको मतगणनाअनुसार रेनुले ६ हजार २०२ र चित्रसेनले ७ हजार ५५८ मत प्राप्त गरेका छन् ।

भरतपुर महानगरपालिकामा समान मतगणना हुँदा चित्रसेनकोभन्दा रेनुले १ हजार ३५६ कम मत प्राप्त गरेकी छन् ।

विराटनगर महानगरपालिकाको प्रमुखमा कांग्रेसले नागेश कोइराला र उपप्रमुखमा जसपाले अमरेन्द्र यादवलाई उठाएको थियो । हालसम्मको मतगणनाअनुसार नागेशले ९ हजार र अमरेन्द्रले ४ हजार ८४४ मत प्राप्त गरेका छन् ।

विराटनगर महानगरपालिकामा समान मतगणना हुँदा नागेशकोभन्दा अमरेन्द्रले ४ हजार १५६ कम मत प्राप्त गरेका छन् । अमरेन्द्रले भन्दा नागेशले झण्डै दुई गुना बढी मत ल्याएका छन् ।

वीरगन्ज महानगरपालिकाको प्रमुखमा जसपाले राजेशमान सिंह र उपप्रमुखमा कांग्रेसले इम्तियाज आलमलाई उठाएको थियो । हालसम्मको मतगणनाअनुसार राजेशमानले ८ हजार १३१ र इम्तियाजले ५ हजार ४२३ मत प्राप्त गरेका छन् ।

वीरगन्ज महानगरपालिकामा समान मतगणना हुँदा राजेशमानकोभन्दा इम्तियाजले २ हजार ७०८ कम मत प्राप्त गरेका छन् ।

यो पनि…
मतदानमा प्रधानमन्त्रीदेखि उम्मेदवारसम्म
कुन नेताले कहाँबाट दिदैछन् मत ?



Leave a Reply

Your email address will not be published.

सम्बन्धित खबरहरु

सरकारले आगामी मंसिर ४ गतेका लागि प्रतिनिधि र प्रदेश सभा निर्वाचनको मिति घोषणा गरेसँगै देशमा चुनावी माहोल सुरु भएको छ

–राप्रपा नेपालले “गाई” चिन्ह पाउँ भनि सर्वोच्च अदालतमा दिएको रिट निवेदनमा राष्ट्रिय प्रजातन्त्र पार्टी समेत निवेदन बोकेर जोडिन आईपुगेकोमा धन्यवाद

निर्वाचन गराउने नाममा निर्वाचन आयोगले अनावश्यक वस्तु खरिद गरी राज्यको खर्च बढाउने कार्य गरेको पाइएको छ । आयोगल २०७४ सालमा

सरकारले आगामी ४ मंसिरमा एकै चरणमा प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले

Suggested