English

कोलकत्ताको छैटौं जित



सनराईजर्स हैदरावादलाई ५४ रनले पराजित गर्दै इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ टी–२० क्रिकेट प्रतियोगितामा कोलकत्ता नाइट राइडर्सले छैटौं जित निकालेको छ ।

शनिबार राति कोलकत्ताले दिएको १७८ रनको लक्ष्य पछ्याएको हैदरावाद २० ओभरमा ८ विकेट गुमाएर १२३ रनमा समेटियो । हैदरावादका अभिषेक शर्माले सर्वाधिक ४३ रन बनाए । कोलकत्ताका आन्द्रे रसेलले ३ विकेट लिए ।

यसअघि पुनेमा टस जितेर पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ६ विकेट गुमाएर १७७ रनको योगफल खडा गर्यो । कोलकत्ताका आन्द्रे रसेलले सर्वाधिक ४९ रन बनाए । हैदरावादका उम्रन मलिकले ३ विकेट लिए ।

जितपछि कोलकत्ता १२ खेलबाट १२ अंक जोडेर छैटौं स्थानमा छ । हैदरावाद १२ खेलबाट १० अंक जोडेर आठौं स्थानमा छ ।

यो पनि
आईपीएल : गुजरात प्लेअफ नजिक

बेङ्गलोरलाई हराउँदै राजस्थान शीर्ष स्थानमा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपाल क्रिकेट संघले युएईमा हुने यु-१९ एसिया कपमा सहभागी हुने टोलीलाई बिदाइ गरेको छ । नेपालले पहिलो खेल पाकिस्तानसँग मंसिर

एसीसी यू–१९ प्रिमियर कपको पहिलो खेलमा नेपालले इरानविरुद्ध २७४ रनको फराकिलो जित निकालेको छ । बिहीबार मलेसियामा भएको खेलमा नेपालले

नेपाली राष्ट्रिय क्रिकेट टिम यतिबेला भारतको नागपुरस्थित राजस्थान रोयल्सको एकेडेमीमा हाई परफरमेन्स प्रशिक्षण गरिरहेको छ । टी२० विश्वकपको एशिया क्षेत्र

नेपाल क्रिकेट संघ (क्यान) ले दुई वर्षका लागि आईएमई पेसँग टिकटिङ पार्टनरको सम्झौता गरेको छ । क्यानका सचिव पारस खड्का