English

कुखुराको भालेलाई प्रहरीले अदालतमा पेश गर्ने



भारतको तेलगंगाको लथुनर गाउँमा भएको घटनापछि कुखुरालाई प्रहरीले अदालतमा पेश गर्ने भएको छ ।

प्रहरीले भने भाले अपराधी भएपनि पक्राउ गर्ने बारेमा नसोचेको बताइरहेको छ । २२ फरबरीमा दुइटा भाले जुधिरहेका थिए ।

सोही क्रममा एउटा आफ्नै भालेको खुट्टटामा बाँधिएको चक्कुले मालिकको कम्मरको तल्लो भागमा चोट लागेको थियो । चक्कुको प्रहारबाट घाइते भएका मालिकको उपचारको क्रममा निधन भएको हो ।

४५ वर्षीय थानुगुल्ला सतीशले प्राय भालेको खुट्टामा एक विशेष प्रकारको चक्कु बाधिदिएका हुन्थे । त्यसैक्रममा गल्तीले कुखुराको भालेको चक्कु सतिशतिरै तेर्सिएको थियो ।

चक्कुले काटेपछि उनको शरीरबाट धेरै रगत बगेको थियो । उनलाई अस्पताल लगेपनि बाचेनन् ।

तेलगंगामा कुखुराको लडाई गर्न प्रतिवन्ध गरिएको छ । निषेध हुदाँहुँदै पनि केही मानिसहरु लुकेर भाले जुधाई गर्दै आएका थिए । अब भालेलाई अदालतमा पेश गर्ने भनिएको छ ।

यो पनि…
मानिसको जस्तै ओठ भएको एलियन जीव
सबैभन्दा पुरानो यो जीवबारे वैज्ञानिक नै छक्क



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested