English

कुखुराको भालेलाई प्रहरीले अदालतमा पेश गर्ने



भारतको तेलगंगाको लथुनर गाउँमा भएको घटनापछि कुखुरालाई प्रहरीले अदालतमा पेश गर्ने भएको छ ।

प्रहरीले भने भाले अपराधी भएपनि पक्राउ गर्ने बारेमा नसोचेको बताइरहेको छ । २२ फरबरीमा दुइटा भाले जुधिरहेका थिए ।

सोही क्रममा एउटा आफ्नै भालेको खुट्टटामा बाँधिएको चक्कुले मालिकको कम्मरको तल्लो भागमा चोट लागेको थियो । चक्कुको प्रहारबाट घाइते भएका मालिकको उपचारको क्रममा निधन भएको हो ।

४५ वर्षीय थानुगुल्ला सतीशले प्राय भालेको खुट्टामा एक विशेष प्रकारको चक्कु बाधिदिएका हुन्थे । त्यसैक्रममा गल्तीले कुखुराको भालेको चक्कु सतिशतिरै तेर्सिएको थियो ।

चक्कुले काटेपछि उनको शरीरबाट धेरै रगत बगेको थियो । उनलाई अस्पताल लगेपनि बाचेनन् ।

तेलगंगामा कुखुराको लडाई गर्न प्रतिवन्ध गरिएको छ । निषेध हुदाँहुँदै पनि केही मानिसहरु लुकेर भाले जुधाई गर्दै आएका थिए । अब भालेलाई अदालतमा पेश गर्ने भनिएको छ ।

यो पनि…
मानिसको जस्तै ओठ भएको एलियन जीव
सबैभन्दा पुरानो यो जीवबारे वैज्ञानिक नै छक्क



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालका जंगलमा विरलै मात्र पाइने मकुना (दाह्रा नभएका हात्ती) पहिलोपटक चितवनको सौराहामा भेटिएको छ । भाले भए पनि दाह्रा नभएको

विश्वमै दुर्लभ मानिएको सेतो रंगको गिद्ध पहिलोपटक नेपालमा भेटिएको छ । नवलपुरको गिद्ध जटायु रेस्टुरेन्टमा देखिएको हिमाली गिद्ध निख्खर सेतो

भारतलाई आस्थाको देश पनि मानिन्छ । जहाँ हरेक धर्मका मानिसहरू बस्छन् । त्यहाँ अनगिन्ती मन्दिर र मस्जिदहरू छन्। त्यी मध्ये

संसारमा लाखौँ रहस्यहरू छन्, जसको बारेमा आजसम्म मानिसले थाहा पाउन सकेका छैनन्। शताब्दीयौंदेखि मानिसले यी रहस्यहरूबारे जान्न खोज्दै आएका छन्,