English

पन्जाबसँग हार्दा बेंगलोरको प्लेअफ कठिन



पन्जाब किंग्ससँग ५४ रनले पराजित भएसँगै इन्डियन प्रिमियर लिग (आइपीएल) टी-२० क्रिकेट प्रतियोगितामा रोयल च्यालेन्जर्स बेंगलोरको प्लेअफ यात्रा कठिन बनेको छ ।

शुक्रबार राति जितको लागि २१० रनको लक्ष्य पछ्याएको बेंगलोरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५५ रन बनायो । बेंगलोरका ग्लेन म्याक्सवेलले सर्वाधिक ३५ रन बनाए । पन्जाबका कागिसो रबाडाले ३ विकेट लिए ।

यसअघि मुम्बईमा टस हारेर ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँँदै २०९ रन बनायो । लियाम लिभिङस्टोनले सर्वाधिक ७० रन बनाए । यस्तै, जोनी बेयरस्टोले ६६ रनको योगदान गरे । बेंगलोरका हर्षल पटेलले ४ विकेट लिए ।

बेंगलोर १३ खेलबाट १४ अंकका साथ चौथो स्थानमा छ । पन्जाब १२ खेलबाट १२ अंकका साथ छैटौं स्थानमा छ ।

यसअघि नै शीर्ष स्थानमा रहदै गुजरात प्लेअफमा स्थान बनाइसकेको छ ।

यो पनि
आईपीएल : गुजरात प्लेअफ नजिक

बेङ्गलोरलाई हराउँदै राजस्थान शीर्ष स्थानमा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपाल क्रिकेट संघले युएईमा हुने यु-१९ एसिया कपमा सहभागी हुने टोलीलाई बिदाइ गरेको छ । नेपालले पहिलो खेल पाकिस्तानसँग मंसिर

एसीसी यू–१९ प्रिमियर कपको पहिलो खेलमा नेपालले इरानविरुद्ध २७४ रनको फराकिलो जित निकालेको छ । बिहीबार मलेसियामा भएको खेलमा नेपालले

नेपाली राष्ट्रिय क्रिकेट टिम यतिबेला भारतको नागपुरस्थित राजस्थान रोयल्सको एकेडेमीमा हाई परफरमेन्स प्रशिक्षण गरिरहेको छ । टी२० विश्वकपको एशिया क्षेत्र

नेपाल क्रिकेट संघ (क्यान) ले दुई वर्षका लागि आईएमई पेसँग टिकटिङ पार्टनरको सम्झौता गरेको छ । क्यानका सचिव पारस खड्का