English

पन्जाबसँग हार्दा बेंगलोरको प्लेअफ कठिन



पन्जाब किंग्ससँग ५४ रनले पराजित भएसँगै इन्डियन प्रिमियर लिग (आइपीएल) टी-२० क्रिकेट प्रतियोगितामा रोयल च्यालेन्जर्स बेंगलोरको प्लेअफ यात्रा कठिन बनेको छ ।

शुक्रबार राति जितको लागि २१० रनको लक्ष्य पछ्याएको बेंगलोरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५५ रन बनायो । बेंगलोरका ग्लेन म्याक्सवेलले सर्वाधिक ३५ रन बनाए । पन्जाबका कागिसो रबाडाले ३ विकेट लिए ।

यसअघि मुम्बईमा टस हारेर ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँँदै २०९ रन बनायो । लियाम लिभिङस्टोनले सर्वाधिक ७० रन बनाए । यस्तै, जोनी बेयरस्टोले ६६ रनको योगदान गरे । बेंगलोरका हर्षल पटेलले ४ विकेट लिए ।

बेंगलोर १३ खेलबाट १४ अंकका साथ चौथो स्थानमा छ । पन्जाब १२ खेलबाट १२ अंकका साथ छैटौं स्थानमा छ ।

यसअघि नै शीर्ष स्थानमा रहदै गुजरात प्लेअफमा स्थान बनाइसकेको छ ।

यो पनि
आईपीएल : गुजरात प्लेअफ नजिक

बेङ्गलोरलाई हराउँदै राजस्थान शीर्ष स्थानमा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अग्रणी ब्याट्री उत्पादक कम्पनी एशियन ब्याट्री लिमिटेडले राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी दिपेन्द्र सिंह ऐरीलाई आफ्नो आधिकारिक ब्राण्ड एम्बेसडरको

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

Latest










Popular
Suggested