English

श्रीलंकामा नयाँ प्रधानमन्त्री



श्रीलंकाका राष्ट्रपति गोटाबाय राजापाक्षेले नयाँ प्रधानमन्त्री नियुक्त गरेका छन् । राजनीतिक तथा आर्थिक संकट गहिरिएका बेला राष्ट्रपति गोटाबायले विपक्षी दलका वरिष्ठ सांसद रनिल विक्रमासिंघेलाई नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।

राजीनामाको आह्वानलाई बेवास्ता गरिरहेका र राष्ट्रिय सम्बोधनमा व्यवस्था पुनस्र्थापित गर्ने प्रतिबद्धता जनाइरहेका बेला राष्ट्रपतिको पछिल्लो कदम आएको हो ।

महिन्दा राजापाक्षेले राजीनामा दिएपछि भएका प्रदर्शनमा ९ जनाको मृत्यु हुनुका साथै २०० जना घाइते भएका छन् । आफ्नो राष्ट्रव्यापी सम्बोधनमा गोटाबायाले संसदमा बहुमत प्राप्त गर्ने र नयाँ मन्त्रिपरिषद्को नेतृत्व गर्ने नयाँ प्रधानमन्त्री नियुक्त गर्ने बताएका थिए ।

विक्रमासिंघे श्रीलंकाको राजनीतिक परिदृश्यमा दशकौंदेखि छन् । प्रधानमन्त्रीको रूपमा उनको यो छैटौं कार्यकाल हुनेछ । यद्यपि, उनले अहिलेसम्म आफ्नो कार्यकाल पूरा गर्न पाएका छैनन् । उनलाई राजापाक्षेको नजिकको रूपमा हेरिएको छ ।

यो पनि…
शारीरिक, मानसिक र भावनात्मक रूपमा थकित छ
न् युक्रेनी
युद्ध अन्त्यको विषयमा रूसी राष्ट्रपति पुटिन के भन्छन् ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

Latest










Popular
Suggested