English

चुनाव जित्ने जनप्रतिनिधिलाई बिजिली महराको आग्रह–‘हामीलाई गरिखान देउ’



महोत्तरीमा स्थानीय तह निर्वाचनको सरगर्मी बढेको छ । चुनावी लामो प्रचारप्रसारपछि मौन अवधि सुरु भइसकेको छ । मौन अवधि सुरु भएसँगै मतदानको तयारीदेखि विभिन्न्न कारणले जिल्ला बाहिर रहेकाहरु गाउँँ फर्किरहेका छन् । यतिखेर चुनावी माहोलले गाउँँघरमा भिडभाड बढेको छ ।

तर, दैनिक ज्यालादारी गरेर जीवन गुजारा गरिरहेकाहरुलाई भने निर्वाचन महोलले छोएको छैन । मजदुरी तथा रोजीरोटीका लागि काम गर्नेहरुलाई भने पहिलेको जस्तै कामको नै चटारो छ ।

राजनीतिक माहोलभन्दा आफ्नै समस्याले थलिएकालाई बिहान बेलुका पेट पाल्ने चिन्ता छ । चिन्तित भएका मध्येका एक हुुन्, महोत्तरी बर्दिबास–१४ का बिजिली महरा ।

यो समाजको विशेषता नै हो । काम गरेर खाने, पसिना बगाएर परिश्रम गर्नेहरूलाई कठै भनिन्छ । तर, उनीहरूको कठैमा दया नभएर घृणा मिसिएको हुन्छ । जुत्ता पालिस गरेको २० रुपैयाँ माग्दासमेत मोलमोलाई गर्न पनि पछि पर्दैनन् ।

पुराना, मक्किएका, च्यातिएका जुत्ता पालिस गरेर टिलिक्क टल्काउनु उनको दैनिकी पेसा हो । उनलाई चुनावी माहोलले अझै छोएको छैन ।



महरालाई अरूले फुरुंग्याएको र दया देखाएको पटक्कै मन पर्दैन । उनी भन्छन्, ‘यो समाजको विशेषता नै हो । काम गरेर खाने, पसिना बगाएर परिश्रम गर्नेहरूलाई कठै भनिन्छ । तर, उनीहरूको कठैमा दया नभएर घृणा मिसिएको हुन्छ । जुत्ता पालिस गरेको २० रुपैयाँ माग्दासमेत मोलमोलाई गर्न पनि पछि पर्दैनन् ।’

भोट त दिन्छु । तर, कसलाई दिन्छ’, त्यहीबेला निर्णय गर्छु, चिनेजानेकोलाई दिनुपर्ला ।

महराले परिवारको भरणपोषण र छोराछोरीको शिक्षादीक्षाका लागि जुत्ता पालिसबाटै मनग्ये आम्दानी गर्छन् । जुत्ता टल्काएर उनले मासिक २० हजार रुपैयाँभन्दा बढी कमाउँछन् । महरालाई आफ्नो काम र कमाइमा सन्तुष्टि छ् । कोही कसैले गिज्याए, होच्याए पनि आफ्नो काममा निरन्तर अगाडि बढिरहेका उनी भन्छन् ।

महरालाई नेताहरुको प्रलोभन र आश्वासनमा रत्तिभर पनि विश्वास छैन । ‘भोट त दिन्छु । तर, कसलाई दिन्छ’, त्यहीबेला निर्णय गर्छु, चिनेजानेकोलाई दिनुपर्ला,’ उनले भने ।

नेताहरु सामाजिक परिवर्तनको नारा बोकेर निर्वाचनमा होमिएका छन् । तर, महराले देखेको समाजको चेतनास्तर जस्ताको तस्तै छ ।

महराका चार छोरा र एक छोरी छन् । कान्छो छोरा सुनिल सेठ्ठी महरा कक्षा १२ अध्ययनरत छन् । माइलो र साइँलोले बाबुको बिँडो थामेका छन् । एउटी छोरीको बिहे भइसक्यो ।

महराजस्तै अरु महराहरू पनि दिनभरि सडक कुनामा बस्छन् । कहिलेकाहीँ नगरबाट आएको नगर प्रहरीले बाटामा किन बसेको भन्दै दुःख दिने गरेको उनीहरूको सामूहिक गुनासो छ ।

फुटपाथमा व्यापार गर्नेलाई स्थानीय सरकारले भेदभाव गर्ने र सटर लिएर भाडामा बस्नेलाइ काखी च्यापेको देख्दा दुःख लाग्ने महरा सुनाउँछन् । फुटपाथबाटै रोजीरोटी चलेकाले नगरले नै व्यवस्थापन गरिदिए गरिखान सहज हुने उनको बुझाइ छ ।

‘बर्दिबासका मुख्य सडक छेउको एउटा सटर भाडामा २० हजार रुपैयाँभन्दा बढी तिर्नुपर्छ । २० हजार रुपैयाँ मासिक कमाउनेले कसरी भाडा तिर्नु ?’ महराको प्रतिप्रश्न छ । भन्छन,‘हामीलाई काम गरेर खान दिने पो जनप्रतिनिधि,नत्र के को जनप्रतिनिधि ?’

यो पनि…
नेपाल निर्वाचनः मध्यरातदेखि मौन अवधि सुरु– के गर्न पाइन्छ, के गर्न पाइँदैन
मतदाता शिक्षा : लोकदोहोरीदेखि भजनसम्म



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

Latest










Popular
Suggested